Madhyabindu News App
भिडियो

नेपथ्यको छोटो गीतु अब युट्युबमा

Madhyabindu Online

(काठमाडौँ) – नयाँ वर्षको उपलक्ष्यमा नेपथ्यले आफ्ना पुराना गीतहरुमध्ये सन् २००३ मा रिलिज भएको एल्बम ‘भेँडाको ऊन जस्तो’ बाट एउटा गीत छनौट गरेको छ । थोरै अवधिको भएकैले छोटो गीत नाम दिइएको यस पुरानो गीतका श्रोताहरुले अब आफूलाई यसका दर्शक पनि बनाउनसक्ने भएका छन् ।

गीतको लम्बाइ एक मिनेट ४९ सेकेण्ड छ । सूर्यास्तसँगै दिन ढल्दै गर्दाको परिवेशमा तयार पारिएको यो म्यूजिक भिडियोले दर्शकहरुलाई अघिल्लो वर्ष २०७६ लाई हार्दिक विदाइ गर्दाको मनःस्थितीतर्फ पनि लैजान सक्छ । यस गीतको शब्द तथा संगीत डानियल डन कार्थकले तयार पारेका थिए । नेपथ्यको छैठौं एल्बम अर्थात् भेँडाको ऊनजस्तो तयार पार्ने बेलामा डानियल ब्याण्डका बेस गितारिस्ट थिए ।

पछिल्लो केहि वर्षयता नेपथ्यले आफ्नो युट्युब च्यानल www.youtube.com/nepathyaofficial मार्फत् नयाँ गीतहरु सार्वजनिक गर्दै आइरहेको छ । त्यसैगरि पहिल्यै रिलिज भइसकेका पुराना गीतहरुलाई नयाँ ‘म्यूजिक भिडियो’, ‘लिरिक भिडियो’ वा ‘लाइभ भिडियो’का रुपमा तयार पारेर प्रस्तुत गर्ने मञ्चका रुपमा पनि युट्युब च्यानलको उपयोग गर्न थालेको छ । यसै प्रकृया अनुसारै भर्खर केहि दिनअघि नेपथ्यले ‘लिरिक भिडियो’का रुपमा आफ्नो एउटा पुरानो गीत ‘सिमानामा’लाई पनि पुनःप्रस्तुत गरेको थियो । त्यो गीत पनि ‘भेँडाको ऊनजस्तो’ एल्बमबाटै लिइएको हो ।

Tags

छुटाउनु भयो कि ?