विचार-ब्लग

बाँझो जमिन जोतौं, महामारी पछिको भोकमरीबाट बचौं

Madhyabindu Online


A A- A+

राम प्रसाद गौतम 

पछिल्लो समय चेतनशील प्राणी आतंकीत भएर घर भित्र लुक्नु प्रर्ने अवस्था छ। यो महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण  सन्सार भरका २० लाखभन्दा बढी मानिसमा देखि सकिएको छ । मैले यो लेख लेख्दा सम्ममा एक लाख तिस हजारभन्दा धेरै संक्रमितले ज्यान गुमाइसकेको अवस्था छ ।

मानिसहरूले बर्षै को मेहनत गरेर विकासको खम्बालाई कसरी सेकेन्ड भरमै तहसनहस बनाउने रहेछ भन्ने उदाहरण बनेको छ, कोरोनाको महामारी । हाम्रो पुस्ताले देखेको एउटा तीतो यथार्थ पनि हो, कोरोना । चीनबाट सुरु भएको यस भाइरसले विश्वका विकासशील राष्ट्रहरूलाई भन्दा बढी शक्तिशाली राष्ट्रहरूलाई प्रताडित गरेको देखिन्छ । जसका कारण हालका लागि त्रास र अगामी दिनमा सन्सारको अर्थतन्त्रमा असर पार्दै जाने देखिन्छ ।

हालका लागि यस महामारीले स्वास्थ्य क्षेत्र र मानिसको गाँस बास कपासमा सबैभन्दा बढी प्रभाव पार्ने देखिन्छ । हाम्रो जस्तो बिकास हुन शुरूगरेको देश, झारो टार्न बाडीएको कृषिको अनुदान क ख रा चिनेका शिक्षात अल्लारे यूवा , खसिलाइ घाँस देखाएर काटनी मासु पसले जस्ता  नेता ,बन्द हडतालमा रमाउने र कर्फुमा नडराउने जनता खोक्रो अदर्श दिने अगुवा, बा आमा छाडेर तरूनी श्रीमती लिएर सहर पसने यूवा, जन्म भुमि छाडेर बिदेशिएका यूवा, कुल्लिमार्ने, कानुनमा छारो हालने, नकलि बिल बनाउने ठेक्दार, मौकामा चौका हान्ने व्यपारी सबैले सोच्न पर्ने बेला अएको छ। मैले केबल ब्यङग मात्र हनेके हैन, तपाइ हरूले देखन सक्नु हुन्छ गाँउमा खेत बारि बाजै छ । के अब पनी बाजो राखनी हो कि ? हुनत हामि नेपाली लाइ छिमेकिले पहेले चामलको बोरा पठाउन जेल र हावइ जाहज बाट पैसा आउन जेल चेत फर्किने कुनै छाँट देखिदैन। नपताएको हो भने २०७२ साल बैशाकको भुकम्प सम्झदा काहाली लाग्ने अवश्था थियो। खेतबारी बाँजै राखेर राहात बाडन पल्केका र आफुसँग  भै भै राहात थाप्न पल्केका तलदेखि माथि सम्मका सबैमा चेत खुले, खेतबारी बाँजो बस्दा सन्सारमै भोकमरी जाग्दा पुर्पुरोमा हात राख्न नपरोस।

अहिले हाम्रोलागि सबैभन्दा ठूलो चुनौती भनेको स्वास्थ्य सुदृढीकरण हो । मुलुक लकडाउनमा रहेको अवस्थामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले जनसमुदायको सुरक्षाका लागि स्वास्थ्य क्षेत्रमा देखाएको चासो र चालेका कदमहरू प्रशंसनीय छन् ।

कृषि क्षेत्रमा प्रवर्द्धन गरी कृषि उत्पादन बढाउन यथाशीघ्र चाल्नु पर्ने देखिन्छ । कृषि क्षेत्रमा बिउ, मल, सिँचाइ ज्ञन शिप र बजारको मात्रै व्यवस्थापन गर्ने हो भने पनि कृषिमा राहात हुनेछ । भनिन्छ ‘अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जीउ जोगाउनू । यो कोरोना भनने महामारीको औषधि पत्ता नलागुन्जेल सन्सारमा अनिकाल आउने छ । मैले भननु भन्दा पनी  धेरै ले अनुमान गरेको कुरा हो यो ।

सरकारी संयन्त्रहरू आगामी आर्थिक वर्ष को कार्यक्रमको योजना तर्जुमा गर्ने तयारीमा छन् । त्यसैले विशेषतः कृषि भूमि कृषिबन  जल जगंल घाँस पशु र बिउको क्षेत्रसँग सरोकार राख्ने सबै सरोकारवाला निकायहरूले अनिवार्य रुपमा बिउ संरक्षण, प्रवर्द्धन र वितरणका कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्ने छ ।

बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको तथ्यांक अनुसार सन् २०१८/१९ मा खाध्यान्न तथा तरकारी बालीका विभिन्न जातहरूको बीउ आयातमा एक अर्ब ३० करोडभन्दा बढी पैशा खर्च भएको देखिन्छ  ।

दैनिक उपभोग्य खाध्यान्न जस्तै बिउ प्रतिको हाम्रो परनिर्भरता अझ काहालि लाग्ददो छ । एक पटक सोच है हाइब्रिड बिउ भनेर बुरूबुरू उफरिने समुदाय अब थाहा दिनेछ स्थानीय बिउको महतव कस्ते हुन्छ भनेर। हुनता के हाम्रो देशमा मौसम नहुदा पनि बिरूवा रोप्न हून्छ भन्ने झोले ब्यपारीले वीउ र बरूवा बाँडदा पनि हो मा हो लगाउने झोले जानकार जस्ले जसो गर्दा पनी कमिसन कताबाट अएछ भनेर हेर्ने जिमेवार निकाय  अझ पनी चेत आँउदैन है ?

अब अध्ययन अनुसान्धान गरि व्यवस्थापन पक्षको न्यायोचित प्रयोग यथावत राखी यदि उन्नत बिउको प्रयोग उत्पादन बढाउन सकिन्छ यो बेला पनी नगरे कहिले गर्ने, हामिले नगरे कस्ले गर्ने, अएको छ समय, को हो यसको जिमेवार निकाय ?  हामो गाउँ घरमा हुने अन्नबाली जस्तै, धान, मकै, गहुँ, कोदो आदिको बीज वृध्दी कार्यक्रम र उन्नत बिउ वितरणलाई प्राथमिकता दिई उत्पादित वस्तुहरूको बजारीकरण सम्म गर्ने योजना तयार गर्न बितिसकेको छ ।

सरकारको मातहतमा रहेका बिउ उत्पादक फार्महरूको वीउ श्रोत बिउ उत्पादन र प्रमाणीकरण प्रक्रियालाई सहज बनाउनु पर्छ उन्नत जात बाहेक स्थानीय स्तरमै राम्रो उत्पादन दिइरहेका रोग प्रतिरोधी रैथाने जातहरूको पहिचान र संरक्षण गर्न सकिएमा जैविक विविधता पनि संरक्षण गर्न सकिन्छ जसको सकारात्मक सोच सबै पक्षमा होस ।

उत्पादनका लागि बिउ मल जस्तै महत्वपूर्ण सामग्री हरूको सहज पाउन सकियोस। नेपालमा कृषि उत्पादनका लागि पारम्परिक रुपमा तयार गरिएको गोठेमल र कम्पोस्ट मलको को सुधार गनुपर्ने दिखन्छ र जी टू जीको माध्यमबाट मल उत्पादनका लागि कृषिले बजेट छुट्याउन अवश्यक छ। कति घरधुरी वास्तविक कृषक हुन् भन्ने तथ्ययान्क संकलन गरी प्राङ्गारिक मलको उत्पादनका लागि प्रोत्साहन गर्ने सकिएमा देशलाई साँच्चै कृषिमा योगदान गर्ने सकिछ, नेपाल पानिको स्रोत भएरपनि, सिँचाइ पानी व्यवस्थापनमा पिछडिएको मुलुक हो । मुलुकका विभिन्न भेगहरूमा उपत्यका, टार, फाँट, खोच र पहाडका गर्हो खेत बारीहरू त छन् तर, पक्की सिँचाइका पूर्वाधारहरू बन्न नसक्दा तिनमा नाफामूलक खेती गर्न सकिएको छैन।

पूर्वाधार निर्माण गर्न ठूलो रकम खर्च हुने भएकाले पनि सिँचाइका आयोजनाहरू हेरी साना, मझौला तथा ठूला आयोजनामा वर्गीकरण गर्ने सकिन्छ । कृषि पेशालाई मुख्य पेशाको रुपमा स्थापित गर्नु र विकासशील राष्ट्रहरूलाई आत्मनिर्भर राख्नुमा साना किसानहरूको ठूलो योगदान रहेको हुन्छ। वर्षौंदेखि उत्पादन लागत घटाउनका लागि उत्पादन सामग्री सम्बन्धित कृषि विकासका कार्यक्रमहरू अनुदानमुखी रहेका छन् । तर, नाफामूलक उत्पादनका लागि मल बिउ देखि बजारसम्मको दूरगामी कार्यक्रम कार्यान्वयन हुन नसक्दा  समस्या थपिएको हो ।

अब पनि हामी हाम्रो नीतिहरू बाँझो जमिन राख्नेलाई कर तिराउने त भन्ने तर वर्षौंदेखि खेती गरिरहेका वर्गलाई खेती गरिदिए बापत प्रोत्साहन गर्ने कहिल्यै नसक्ने  र व्यवसायिक कृषकहरूका लागि सरल कृषि ऋणको व्यवस्था गर्ने नसकने सरकारहरूको बीच यथाशीघ्र समन्वय गर्नु अपरिहार्य छ ।

लकडाउन लम्बिँदै जाँदा दैनिक उपभोग्य खाने सामान  तथा तरकारीको आपूर्ति दुवै घट्दै जाने हुनाले तत्कालका लागि सबै सरोकारवाला निकायहरूले आफनो क्षेत्रमा आवश्यक पर्ने बालीका बिउ बिजन, प्राङ्गारिक मलको, सिँचाइ व्यवस्थापन र कृषि उपज बजारीकरणमा विशेष ध्यान पुर्‍याउनु पर्ने छ । यो प्रयास सबैभन्दा राम्रो प्रयास नै हैन र? व्यवसायिक कृषकहरू पहिचान गरी उनीहरूको उत्पादनको सहज बजारीकरण को अवश्यकता छ।

गाउँघरमा चलन हुन्छ, चामल सिदिए पछि छिमेकीसँग पैँचो माग्ने तर पैँचो पाइने त्यतिबेला हो जबसम्म छिमेकीको घरमा पनि रासन हुन्छ । कोरोना त दुवै छिमेकी देशमा आएको छ।  मैते त केनै बुझके छुर जानकारहरू यसमा चनाखो हुन जरूरी छ । अगमी दिनमा कोराना जस्ता धेरै माहामारी आँउन सक्ने छ समयमानै सोच बिचार गर्नी की? खेत बारी बाझो राखेर चोक चोतारो चियापसलामा ठुला गफ लगाएर कृषकको  खिल्ली उडाउनुके सटा खेत बारी जोतने कोरोन लागायतका माहामारी भगाउने र बेलैमा भोकमारी बाट बँच्न सबैले अहिलै सोचौ ।

(गौतम न्याफ्कोल कृषिवन प्रा.लिका ब्यबस्थापकिय निर्देशक हुन ।)

9851159630, rampd8203@gmail.com