Madhyabindu News App
नयाँ समाचार

कोरोनाले गाउँ त जाँउला तर रोप्नलाइ बिउ के छरौंला ?

Madhyabindu Online


A A- A+

संसार कोरोना भाईरसको महामारीबाट त्रशित बनिरहेको अवस्थामा, सबै देशहरु लकडाउन भैसकेका छन् । उद्योग, कलकारखाना सञ्चालन छैन जसले गर्दा सन्सारभरआर्थिक स्तर एकदमै घटेको छ । अहिले यो माहाँमारीले सन्सारलाइ भयावह रूप लिइएको छ र महामारीको बढ्दो दरलाई नियाल्दा आगामी दिनहरुमा अझै धेरै भयाबहको स्थिति देखिन्छ । हामी नेपाली कृषक सामु नआउला भन्न सकिदैन । यस अवस्थामा नेपाल जस्तो विकासोन्मुख देश जहाँ दुइतिहाइ भन्दा धेरै मानीसको मुख्य पेशा कृषि नै हो । कृषिमा आश्रित भइ देशको अर्थमा एकतिहाई योगदान दिएको छ भने कति रोजगारीको नभएर ठुलो संख्यामा युवाहरु बैदेशिक रोजगारीमा छन्  ।

हाम्रो देशका बिदेशमा भएका यूवा लाइ यो माहामारीका कारणले जुन देशमा कायर्रत छन तो देशले सबै नेपाली फर्काइ दियो भने फर्केर नेपाल आए भने आएको भोलि बाट खाने अन्न छर् ? अन्नको त कुरै छोडौ खेति गर्नका लागी बीउ पनि छैन। जब यूवा हरूले पठाएको रेमिटेन्स पनि आँउदैन अनी कसरी चल्छ अर्थतन्त्र यो सोचनीय बिषय हो। यो कोरोना अतंकको बेला अधिकांस मानिस गाउँ पसेका छन। गाँउमा पनी त जमिन बाँजै छ। घर हरूमा माकुराको जालोले भरेको छ सहर बाट फर्कदा अफनै घरमा बिरक्तीएर बिउ खोजनु पर्ने अवश्ता छ। यस्तो अवश्ता आउनुमा बिगतका बिभिन खाले नेपालका आन्दोलन हरूको प्रभाब पनि हो । तो दिनमाता घरमा सिहदरबार पुग्ने भो भनेर बुरूक उफर्नी हामी नेपाली आज कोरणाका डरले स्थानीय बिउ खोजनु पर्ने बेला अएको छ। यो अवस्थामा पनी कृषि पेशालाइ हेला गर्नेलाइ त मेरो भन्नु केही छैन ।

यहाँ आफ्नो फाइदाका लागी कालोलाइ सेतो भने हाम्रो देशका निती निमाताहरू कहीले कृषिवनको वीउकाबारेमा कतै बोलेको छैन्न । भो मैले यो देशका अग्रज हरूलाइ केहि भनिन,भनेर साध्य भएपो त बरूकुरा सम्स्याकै गरू होला । ग्रामीण क्षेत्रमा जनशक्तिको अभावमा खेतीयोग्य जग्गा बाझो रहेको छ, भने शहरी क्षेत्रमा जनसंख्याको चाप वृद्धि हुदै गएको छ यस आवश्यकता पुरा गर्न अत्यधिक मात्रामा कृषिजन्य सामान आयातितमा निर्भर हुनुपर्ने छ ।
अहिले बिदेशहरूमा पनि सेय अवस्था हो हाम्रो जस्तै विकराल भैसकेको हुँदा रोजगारीको लागि भौतारिएका युवाहरुले आफ्नो जन्मभूमि फर्किन पर्ने हुनसक्छ । अन्य देशहरुमा पनि कृषि उपजको उत्पादन तथा वितरण अवरुद्ध हुदा विभिन्न सामानहरु नेपालमा आयात हुनेछैन । त्यसैले कृषकका लागि आवश्यक कच्चा पदार्थ, मल, बीउ, विषादी, आधुनिक यन्त्रहरु आदि उत्पादन र आवश्यक स्थानमा समयमै उपलव्ध गराउन असम्भव देखिन्छ ।
यो समस्यालाई मध्यनजर गरी भोलिका दिनमा कोरोनाको संक्रमणले भन्दा बढी भोकमरीको मारले संसारमा धेरै मानीसको क्षति नहोला भन्ने कुरामा दुइमत छैन। त्यसैले यो बिषयमा शासकहरूले आफ्ना हरूलाइ दिवा सपना देखाउनी र खोक्रा भाषणा दिने  भन्दा भोक मरीवाट बाचनका लागी बिउ बचाउ अभियानमा लागउ बिना मौसम बाजा बजाएर दुनियामा नाँगो नाच देखाउने मात्र हैन ।

कुनै बेला छलाङ्ग मार्नकालागी भनेर दुधबोकी भरीया खेतमा जोतनी हली पढाउने शिक्षाक लगायत हजारौमानीस लाइ बलीको बोको बनाए कुर्सिमा पुगेका हरूले त सबै बिर्सेका होलान त्रर नेपाली कृषक ले बिर्सेका छैनन। बरू हातीका चपाउने र देखाउने दाँत फरक रैछ भनेर बुझेका छन । किषानको कुनै पाटी छैन र हुदैन भएको भए बदला लिने थियहोला ।

तर त्योदिन आउला जब कृषकको हातमा स्वस्तिक छापमा आफ्नु विबेक प्रयोग लागउन पाउछ अनी बल्ल शासकको चेत खुल्लाकी “अनिकालमा बीउ जोगाउनु, हुलहालमा जीउ जोगाउनु” भनेझैँ आउनसक्ने भोकमरीको सामना गर्न सर्वप्रथम त पुरानो जातका बीउको संरक्षण एवम सम्बर्द्धन गर्ने र नयाँ जातको विकास गर्नुपर्छ स्थानीय स्तरमा पाइने रैथाने बालीका जातहरु बारे तथ्यांक संकलन गर्ने, जम्मा भएका जात र वालीका बीउलाई सामुदायिक बीउ बैंक स्थापना गरी राखे कृषकलाई समयमै बीउ उपलब्ध हुने छ।

उन्नत जातको वर्णशंकर बिउको बढ्दो प्रयोग संगै लोप हुने अवस्थामा पुगेका स्थानीय तथा रैथाने जातको संरक्षण हुनुका साथै स्थानीय हावापानी संग सुहाउने, रोगकिरा सहन सक्ने, गुणस्तरीय, प्रतिकूल मौसम अनुसारको नया जातका बीउ विकास गर्ने ती जातबारे ज्ञान सीप र प्रविधिका विषयमा अभिलेखीकरण सहित संरक्षण गर्ने भएकाले भावी पुस्ताका लागि महत्वपूर्ण योगदान पुग्नेछ । बीउ बैंक नेपालको लागि नयाँ कुरा त होइन तैपनि धेरैजसोका लागि नयाँ अवधारणा हुनसक्छ । बीउ बैंक कृषकलाई आवश्यक पर्ने स्थानियस्तरमा पाइने थरीथरीका बाली तथा जातहरुको शुद्ध तथा गुणस्तरीय बीउ र ती बिउको बारेमा जानकारी पाइने थलो हो यसको स्थापना, व्यवस्थापन, बिउको नियमित रुपमा उत्पादन ,सुरक्षित भण्डार, कारोबार ( बीउ लिने र दिने काम), सुलभ रुपमा बिक्री वितरणगर्न स्थानीय कृषकले व्यवस्था गर्न सक्ने छन। हाम्रो पुखाले माटोको भाडोमा बीउ हालेर राखेका यि उदाहरणा छन अझै पनी कति बालिहरूको बिउ अफै राख्नी चलन त छँदै छ।

कृषकका लागि बीउ प्राप्त गर्ने श्रोत को रुपमा रहेका बिभन कृषिमा काम गने निकायसग सरकारी गैरसरकारी , एग्रोभेट, बीउविजन कम्पनी हरूले अबको दिनमा अवश्य मात्रामा बीउ उपलब्ध गर्न सक्ने स्थिति छैन किनकी बीउ अनुसन्धान तथा उत्पादन र वितरणको लागि आवश्यक सामग्रीको अभाव छ, झोले ब्यपारीको राज छ कमिसनको खेल छ । त्यसैले कृषक हरूले बीउ बैंक स्थापना गरेर, विभिन्न रैथाने पोषणयुक्त लोपहुन लागेका बालीहरु संरक्षणा गर्न सकने छन यसमा राज्यको सहयोगको अवश्यक छ । यसो गरेमा आयातीत बीउको भर पर्नु पर्दैन र भविष्यमा आउन सक्ने खाध्य सङ्कटबाट केही न केही त राहत पक्कै पाउन सकिन्छ ।

हाल सरकारले जनतालाई खाद्यान्नको राहत दिने नाटक गर्नुको सटामा दीर्घकालीन खेती र बीउको ब्यवस्थापन गर्नु उचीत हुने छ ।
बरू बीउ संरक्षणमा अनुदानको व्यवस्था गर्न सकेमा , स्थानीय तथा रैथाने जातको संरक्षण हुन्छ । कृषकलाई आवश्यक शुद्द र गुणस्तरीय बीउ समयमै उपलब्ध हुन्छ , बीउमा कृषकको अधिकार र खाध्य सम्प्रभुताको सुनिश्चितता गर्न सकिन्छ ।

कृषि जैविक विविधताको संरक्षण एवम प्रवर्द्धन हुन्छ । नेपालमा परम्परादेखि नै खेती गरिदै आएका आलु, मकै, सिमि , फापर. गहु, जौ, उवा, चिनो, कागुनो, लट्टे, कोदो आदिबाट बनाइने परम्परागत खाद्यपरिकारहरु कम स्वादिला भएपनि गुनिला र पौष्टिक तत्वले भरिपुर्णत हुन्छन नै यस्ता बालीका उत्पादन अहिले प्रसस्त भएमा यो कोरानाको त्रासमा मानीस हरू निर्धक्क हुन पाउने थियो। अहले गाउँ त जाँउला तर रोपनलाइ बिउ के छरउँला भनेर भोतारीनु प्रने थिएन । औषधीय गुणका बालीपनि हुन्छन यतिधेरै फाइदा हुदाहुदै पनि यी बालीहरुको संरक्षण गर्ने निकायले अध्ययन अनुसन्धान र प्रवर्द्धनमा चासो नदिदा , उपयुक्त खेती प्रविधि तथा ज्ञानको कमी ले गर्दा यिनीहरुको शुद्ध र गुणस्तरीय बिउको उत्पादन र प्रवर्दन हुन सकेको छैन । जाहा जस्ले जे कुरा गरेपनी वास्तवमा वीउ बेगरको खेति सम्भब छैन । कृषिमा आधुनिकीकरण संगै स्थानीय जातका बिउको प्रयोग नगरी उन्नत तथा वर्णशंकर जातका बिउ पनित हूदै न अ ब हामी महामारीमा पनी उन्नत बिउहरु उत्पादन तथा वितरण गर्न सकिएन भने त भोकमरी नै हुन्छ | अब पनि समयमै स्थानीय जातको निरन्ता र संरक्षण र संवर्द्धन गर्नको लागि कदम चलिएन भने कृषकहरुले पहिले आफुले खेती गरेका स्थानीय जातहरुको कथा भनेर अथवा सुनेर चित्त बुझाउने दिन आउने छ हाल कुनकुन संस्था ले कति कसरि संचालन गरेका छन् भन्ने कुराको सहि तथ्यांक पनि छैन सबै बीउ अन्न खान हुन सक्छ तर सबै खाने अन्न बीउ हुन सक्दैन यानकी कुनै पनि बालीको उत्पादनको लागि उन्नत तथा गुणस्तरयुक्त बीउ एक आधारभूत साधन हो तर नेपालका धेरैजसो व्यावसायिक किसानले प्रयोग गर्ने हाईब्रिड बीउहरुबाट उत्पादित बिउको स्थानीयमा जस्तो उमारशक्ति कायम नहुने हुदा प्रतिबर्ष नयाँ बिउको प्रयोग गर्नुपर्ने हुन्छ ।

नेपाली किसानहरु भने हाईब्रिड बिउको लागि भारतबाट आयातित बीउमा परनिर्भर रहने गरेकोमा यस बेला ,कोरोना भाइरसको महामारीले गर्दा समयमै बिउको आयात असम्भव हुने छ यदि बीउ उपलब्ध भएपनि किसानले महँगो मूल्य तिरेर किन्नुपर्ने छ । कृषकले स्थानीय बिउ माथि आफ्नो स्वामित्व गुमाइसकेका छन्। बीउ विजन आपूर्ति सहज बनाउनु, खाद्य सुरक्षामा टेवा पुर्याउदै जैविक महामारीको युद्धको सामनागर्न , दिगो कृषि क्रान्तिको अपरिहार्य छ ।
सैद्धान्तिक पक्षमा वकालत गरिराख्नु भन्दा भोलि हुन सक्ने भोकमरीको समाधान पनि बेलैमा खोजिराख्नु जरुरी भैसकेको छ। भोकमरी किन जटिल बन्दै जानुको मुख्य कारण भनेको उन्त बीउको अभाबपनी हो । एकातिर श्रमशक्तिको अभावमा जमिन बाझिरहेकोछ, अर्कोतिर बेरोजगारी र भोकमरीको समस्या झेलिरहेको छ त्यस माथी कोरोना पनी थपिएको छ, हामी सबैको एकै बिचार हुने हो भने यो महामारीले कृषिक्रान्तिका लागि एउटा अवसर बन्न सक्छ हैन र अब बेला आएको छ। हाम्रै उर्बर भूमिमा सुन फलाउं, आत्मनिर्भर बनौं, सिंगारौँ मातृभूमिलाई र कृषि क्रान्तमा जुटउ । बीउ संरक्षण पनि हुने गाउँ गयर रोपनपनी पाइने ।

राम प्रसाद गौतम
व्यवस्थापकिय निर्देशक
न्याफ्कोल कृषिवन प्रा.लि
9851159630, rampd8203@gmail.com/www.nafscol.com

छुटाउनु भयो कि ?