नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाई सकियो, शुक्रबार आदेश आउने

हेलम्बुमा सुरु भयो एकल पुरुष भत्ता वितरण कार्यक्रम
(सिन्धुपाल्चोक) – हेलम्बु गाउँपालिकाले एकल महिला लाइ जस्तै एकल पुरुषलाइ पनि सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरुवात गरेको छ । अब हेलम्बु गाउँपालिकामा श्रीमती मृत्यु भएका सबै उमेर समुहका एकल पुरुषले पनि मासिक ५ सय रुपैयाँ भत्ता पाउनेछन् । हेलम्बु गाउँपालिकाका ७ वटै वडाका १९५ जनालाइ भत्ता वितरण गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।
एकल पुरुष भत्ता वितरणका लागि यसै आर्थिक बर्षमा पालिकाले आन्तरिक स्रोतबाट २० लाख रुपैयाँँ बिनियोजन गरेको अध्यक्ष शेर्पा बताउँछन् । शेेेर्पाका अनुुसार राज्यले महिला पुरुष समान भनेकाले ब्यबहारिक रुपमै पालिकाले त्यसको सुरुवात गरेको हो।
“समानताको नारा अनुसार नै एकल पुरुषलाइ पनि भत्ता बितरण गरेका हौं । ” अध्यक्ष शेर्पाले भने । शेर्पाका अनुसार एकल पुरुष भत्ता लिइ रहेकाहरुले जेष्ठ नागरिक भत्ता लिन सुरु गरेपछि भने दोहोेरो सुबिधा पाउने छैनन् ।
हाल पालिका भित्रका सबै वडामा एकल पुरुषको संख्या संकलन गर्ने काम भैरहेको र ३ सय ५० कोे हाराहारिमा एकल पुरुषको संंख्या रहेको जानकारि हेलम्बुु गाउँपालिकाले दिएको छ । अहिले ५०० रुपियाँ बाट सुरु गरेको यो कार्यक्रम आगामि बर्षहरुमा बढाउदै लैजाने योजना रहेको गाउँपालिकाले जनाएको छ ।