Madhyabindu News App
स्वास्थ्य

नेपालगञ्जमा थप ७ मा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ८२ पुग्यो

Madhyabindu Online

(काठमाडौं) – नेपालगञ्जमा थप ७ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ पुगेको छ ।

मंगलबार नेपालगन्जमा थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । मन्त्रालयका सहप्रवक्ता अधिकारीका अनुसार चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

नेपालगन्जमा मंगलबार संक्रमण पुष्टि हुनेहरुमा २२, ३० र ४० वर्षीय पुरुषहरू तथा ९, ३२, ३४ र ५५ वर्षीया महिला भएको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् । यो सँगै नेपालगन्जमा मात्रै कोरोना संक्रमित संख्या २३ पुगेको छ ।

Tags

छुटाउनु भयो कि ?