विचार-ब्लग

भोकोपेटमा छट्पटीएका मजदुरहरु उधारोमा काम गर्न सक्दैनन्

Madhyabindu Online


A A- A+

राधिका कुइँकेल ‘खनाल’

आज सम्म नेपालमा कोरोना भाइरस कोभिड १९ सक्रमित सख्या 99 पुगेको छ , एकै दिन 17 जनाको सख्यामा बृद्दी हुनु अत्यन्तै दुखद कुरा हो तथापी सबैको स्य्वास्थ्य अवस्था सामान्य रहनु र निको भएर जाने सख्या पनि बढ्नुले भने जनतामा उत्पन्नन त्रास कम हुने आश गर्न सकिन्छ । who को भनाइ अनुसार हेर्ने हो भने अब हाम्रो मुलुकमा भाइरस तेस्रो स्टेजमा फैलिसकेको छ। यसरी भुसको आगो सल्के झै कमिनिटिमा भाइरस सल्किरहदा ने क पा का दुई तिहाइको दम्भ बोकेको सरकार भने आफ्नै पार्टी र पदको भाग बन्डामा ब्यस्त देखिन्छ ।

स्वास्थ्य र सुरक्षा कर्मीहरु कोरोना भाइरससङ लडिरहेका बेला तिन्लाइ आवस्यक प्रोटेक्सनका सामानहरु गुणस्तरीय छैनन । परिक्षणको दायरा बढाउन सकिरहेको छैन । जस्को कारण सक्रमित को हो, कति छन र नेपालको स्थिती के छ भनेर ढुक्कसँग बस्न सक्ने अवस्था छैन । आज लक डाउन भएको 45 औ दिन बितिसकेको छ जस्को कारण दैनिक मजदुरी गरेर खानेहरुको चुलो निभिसकेको धेरै दिन भैसकेको छ।

राहतको नाममा राजनिती गरिएको छ भोको पेटभित्र पनि दलगत र भोटगत धारिलो हतियारले रेटिन बाध्य ती निमुखा जनताको मर्का बुझेर काम गर्नु पर्ने मजदुरको पार्टि भनेर आफुलाइ झुटो परिभाषित गर्ने यो निकम्मा कमिनिस्ट सरकार जनतालाइ घरमा थुनेर संसद अपहरण गर्ने , अर्काको पार्टी तिर नि खेल्ने, प्रतिपक्ष र सरोकारवाला निकायबाट दिएको सुझाबहरु , बिग्यप्तीहरुको सम्बोधन समेत नगरी गतल माथी गलत गर्दै गैरहेको हुदा ओलि सरकार तानाशाही गैरजिम्मेवार र नलायक सरकार हो भन्ने मेरो ठ्म्याइ रहेको छ।

आज मात्र मन्त्रीपरिषदले 40 वोटा उध्योग खोल्ने निर्णय गरेको छ। मजदुरहरु चैत्र महिनाको तलब नपाएर भोक भोकै छट्पटीमा छन बैसाख पनि अन्तिममा छ राज्यले राजपत्रमा सबैलाइ चैत्रको तलब दिनु भनेको चिठीको पालना नगरि आज सम्म तलब नदिइ भोको पेटको कुन्ठा नबुझ्ने यी पद र पैसाको पावरमा उध्योग चलाउने उध्योगपतिहरुले श्रमिकको स्वास्थ्यको ख्याल गरेर काममा लगाउछन ती मजदुर सुरक्षित रहन्छन भन्ने कुराप्रती म पटक्कै बिश्वसनिय छैन त्यसर्थ आम ट्रेड युनियनहरुले यस कुरामा चनाखो हुनु पर्ने देखिन्छ।

यो कुराको ज्वलन्त उदाहरण भनेको इलाम र झापाको चिया बगानमा अहिले काम गरिरहेका मजदुर लाई पातलो एक जोर मास्क मात्र दिएर काममा लगाएको लाई लिन सकिन्छ । आज कारखाना, होटेल ,गृह श्रमिक, नाइ ,निर्माण,रिक्सा गार्मेन्ट मा काम गर्ने र बिउटिसियन ,सिलाइ जस्ता स्वरोजगार क्षेत्रका श्रमिकको दैनिकी कष्टकर बनिरहेको परिपेक्षमा उधारो उध्योग नखोलियोस सबैको पाउने तलब दिएर मात्र काममा लगाइयोस भनी सम्बन्धित निकयमा ध्यानाकर्षण समेत गर्दछु। यी सबै कुराको बाबजुद आज नेपालमा मात्रै नभएर बिश्वमा नै महिला हिम्सा बढीरहेको खबरहरु आउन थालेको छ। कोरोनाको भन्दा बढी लक डाउनका कारण घरेलु हिम्साका कारण मृत्यु हुन सक्ने मेक्सिको लगायतका महिला अधिकार कर्मिहरुले बताउन थालेका समाचार आएका छन । त्यसो त नेपालमा पनि बालिका र ,किशोरीहरु बलात्कारका घटनाहरु प्यापक भैरहेको छ । लक्डाउन भए पश्चात् नै 11 जना बालबालिका बलात्कारको सिकार बनेका तथ्यान्क हरु सार्बजनिक भएको छ।

विदेशी भुमिमा ,आधी बाटोमा अलपत्र परेका ,कोरेन्टिनमा बसेका महिलाहरुलाई पनि प्यापक मात्रामा मानसिक हिम्सा भएको र भाइरसको सक्रमण बढेसङै झनै बढ्न सक्ने सम्भावना पनि छ। किन कि हाम्रो अधिकाम्स कोरेन्टिन who को मापदण्ड बिपरित छ र महिला मैत्री छैन । यो बिसयमा सरकारले पटक्कै ध्यान दिएको देखिदैन ।

त्यसैले कोरेन्टिन बनाउदा महिला मैत्री बनाउन पनि सम्बन्धित पक्ष सङ आग्रह गर्दछु। अन्त्यमा ,कोरोना सक्रमण् को उच्च जोखिम भएको स्थान र सबै स्थानमा पि सि आर जाँच बढाउने, मैग्रेन्ट वोर्करलाइ देश भित्र्याउने र सबैको pcr test गरि कोरेन्टिनमा राखेर मात्र आफ आफ्नो घर पठाउने, स्वास्थ्य कर्मिको जोखिम भत्तामा बिभेदकारी निर्देशिका आएकोले अबिलम्ब सच्याएर सबैको कामको सम्मान र मनोबल बढाएर काममा लगाउने, कृषि क्षेत्र पशुपालन क्षेत्र लाई आवस्यक सामान उपलब्ध गरेर बिदेशबाट फर्केर नेपालमै केही गरेर बस्ने मनसाय भएकालाइ लाभान्वित हुने गरि बजेट बन्नाउने जस्ता काम गर्न सरोकार निकायलाइ सुझाब दिन चाहन्छु । धन्यवाद ।

(खनाल नेपाल ट्रेडयुनियन काग्रेस राष्ट्रियसमिति उपमहासचिब हुन ।)