Madhyabindu News App
खेलकुद

जर्मन बुण्डेश लिगा १६ मे बाट सुरु हुने

Madhyabindu Online


A A- A+

(काठमाडौं) – जर्मन बुण्डेश लिगा यसै महिनाबाट सुरु हुने भएको छ । कोरोना भाईरसका कारण अनिश्चित बनेको युरोपको शीर्ष डिभिजनको फुटबल प्रतियोगिता जर्मन बुन्डेशलिगा मे १६ बाट सुरु हुने पक्का भएको हो ।

यद्यपि, आगामी सबै खेल बन्द रंगशालामा हुने भएको छ । योसंगै बुण्डेश लिगा कोरोना सक्रमणको अवस्थापछि युरोपमा सुरु हुने पहिलो प्रतियोगिता हुने भएको छ । जर्मन एफएका अध्यक्ष क्रिस्टियन सेफर्टले योजना सार्वजनिक गर्दै शनिबार ६ वटा खेल हुने बताएका छन् ।

दोस्रो स्थानको बोरुसिया डर्टमण्डले साल्केसंग खेल्दै गर्दा साविक विजेता बार्यन म्युनिख भने युनियन बर्लिनको भ्रमणमा निस्कने तय भएको छ । तालिकाको शीर्षमा चार अंक भएका च्याम्पियन्स बायरन म्युनिकले आइतबार युनियन बर्लिनको भ्रमण गर्ने भएको छ । बुण्डेश लिगामा ९ चरणका खेल बाँकी छन् ।

लिगको पछिल्लो अवस्थामा बार्यन म्युनिख ५५ अंकमा शीर्ष स्थानमा छ । ४ अंकले पछि रहेको बोरुसीया डर्टमण्ड ५१ अंकमा दोस्रो स्थानमा छ । सिजनको अन्तिम चरणको खेल जुन २७ र २८ लाई तय गरिएको छ । जर्मन फुटबल संघ (डीएफएल) का अनुसार प्राय जसो टोलीले नौ खेल खेल्ने छन् । कडा स्वास्थ्य प्रोटोकल अन्तर्गत मौसम फेरि सुरु हुनेछ ।

जर्मन चान्सलर एन्जेला मर्केलले बुधबार बुन्डेशलिगाको अबरुद्ध सिजन पुन सुरु गर्ने घोषणा गरेकी थिईन् । उनले मेको दोस्रो साता खेल सुरु हुने बताएकी थिइन् । बुधबार जर्मन सरकारले दुई शीर्ष डिभिजनका ३६ क्लब मेको दोस्रो हप्ता खेल्न योग्न हुने बताएको थियो ।

कोरोना रोकथामको उल्लेख्य सुधार गरेको जर्मनीले लकडाउनलाई खुकुलो बनाउँदै लगेको छ । सोही कारण उसले शीर्ष डिभिजनका दुई फुटबल प्रतियोगिता खेल्न समेत अनुमती प्रदान गरेको हो । बुन्डेशलिगामा बार्यन शीर्ष स्थानमा रहेको छ । उसले लिगमा ४ अंकको अग्रता लिएको छ । दोस्रो स्थानमा बोरुसिया डर्टमण्ड रहेको छ ।

छुटाउनु भयो कि ?