Madhyabindu News App
खेलकुद

ब्राइटनका तेस्रो खेलाडीमा पनि कोरोना संक्रमण पुष्टि

Madhyabindu Online


A A- A+

(एजेन्सी) – इंग्लिस क्लब ब्राइटन एण्ड होभ एल्बियनकाा थप एक खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएको छ । टोलीको प्रशिक्षण सुरु हुनुअघि गरिएको स्वास्थ्य परिक्षणमा एक खेलाडीमा कोरोना सक्रमण पुष्टि भएको हो ।

ब्राइटनका प्रमुख कार्यकारी पाउल बार्बरले एक खेलाडीमा संक्रमण देखिएको पुष्टि गरेका छन् । क्लबले खेलाडीको नाम भने गोप्य राखेको छ । कोरोनाको संक्रमण देखिने उनी तेस्रो खेलाडी हुन् । यस अघि दुई खेलाडीमा पनि कोरोना देखिएको थियो ।

शनिबार गरिएको परिक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । उनी १४ दिने सेल्फ आइसोलेसनमा रहेको बताईएको छ । ब्राईटनले आफ्ना खेलाडीमा कोरोना सक्रमण देखिएपनि व्यक्तिगत प्रशिक्षणको तालिकालाई निरन्तरता दिने जनाएको छ ।

मार्च १३ पछि रोकिएका प्रिमियर लिगका खेल सुरु गर्न सोमबार सबै क्लबको बैठक बोलाईएको छ । लिगका खेलहरु आगामी जुनबाट बन्द रंगशालामा सुरु गर्ने तयारी गरिएको छ । प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ ।

यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ । लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ । यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।

छुटाउनु भयो कि ?