Madhyabindu News App
स्वास्थ्य

त्रिविका ३८ स्वास्थ्यकर्मी र ५ बिरामी आइसोलेसनमा

Madhyabindu Online

(काठमाडौं) – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेकी एक बालिकामा कोरोना सङ्क्रमण पुष्टि भएपछि हाल वार्ड सिल गरी त्यहाँ कार्यारत ३८ चिकित्सक र नर्सहरूलाई आइसोलेसनमा राखिएको छ ।

त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासका अनुसार न्युरो वार्डमा उपचार गराइरहेका पाँच बिरामीलाई पनि आइसोलेसनमा राखिएको छ ।

शिक्षण अस्पतालको न्यूरो वार्डमा उपचार गराइरहेकी कपिलवस्तुकी ६ वर्षीया बालिकालाई वैशाख ३० गते उपचारका लागि शिक्षण अस्तपाल ल्याइएको थियो ।

नेपालमा अहिलेसम्म २४६ जनालाई कोरोना पुष्टि भइसकेको छ भने पछिल्ला दिनमा संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

Tags

छुटाउनु भयो कि ?