कोशी प्रदेश

कोरोनाको कारण भन्दै ८ जना शिक्षकको जागीर चट

Madhyabindu Online


A A- A+

(ओखलढुंगा) – ओखलढुंगा जिल्लाको चिशंखुगढी गाउँपालिकाले आन्तरिक श्रोतबाट पारिश्रमिक दिनेगरी नियुक्ति गरेका आठजना शिक्षकलाई जागीरबाट हटाएको छ । कोरोना भा संक्रमणको बेला पर्याप्त बजेट न आएको तथा आन्तरिक श्रोत पनि कमजोर भएकोले गाउँपालिकाले यस्तो निर्णय गरिएको बताइएको छ ।

गत बैशाख २८ गते बसेको गाउँकार्यपालिकको बैठकले कोरोना भाइरस(कोभिड-१९)को कारण गाउँपालिकामा संघीय तथा प्रदेश सरकार बाट प्राप्त हुने रकम कम प्राप्त भएको र गाउँपालिकाको आन्तरिक श्रोतसमेत न्यून भएको भन्दै ती शिक्षकहरुलाई सेवा सुबिधा दिन नसक्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष निशान्त शर्मा’बास्तोला’ले जानकारी दिएका छन् ।

गत चैत मसान्तसम्मको खाईपाई आएको सुबिधा दिएर बिदा गर्ने निर्णय सुनेलगत्तै बर्खास्तमा परेका एक शिक्षकले भने ” मेरो जागीर गए सँगै मेरो परिवारको भबिस्यसमेत अन्योलमा परेको छ ।” उनी भन्छन् “हामीलाई काम सकिएपछिको ठाँडोको रूपमा प्रयोग गरियो, यसरी हटाउँदा हाम्रो परिवारको अलावा हामिसँग जोडिएका सयौं बिद्यार्थीको पढाई समेत अन्योलमा परेको छ ।”

छुटाउनु भयो कि ?