Madhyabindu News App
राजनीति

आगामी बजेट रोजगारी सृजनामा केन्द्रित गर्न ट्रेड युनियन कांग्रेसको माग

Madhyabindu Online

(काठमाडौं) – नेपाल ट्रेड युनियन कांग्रेसले आगामी आर्थिक वर्षको बजेट , रोजगारी सृजना,स्वास्थ्य क्षेत्रको सुधार र सामाजिक सुरक्षामा केन्द्रित गर्न अर्थ मन्त्रीको ध्यानाकर्षण गराएका छन् । युनियनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रीको ध्यानाकर्षण गराएको हो ।

अध्यक्ष पुष्कर आचार्यद्घारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ – ” यसपालीको बजेट विगतमा जस्तो नभई कोभिड-१९का कारण अस्तव्यस्त बनेको श्रम बजार र स्वास्थ्य क्षेत्रलाई विशेष ध्यानमा राखी ल्याउनु पर्छ । कोभिड-१९ को महामारीको विरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी, सफाईकर्मी,संचारकर्मी अत्यावश्यक सेवामा कार्यरत श्रमिकको स्वास्थ्य सुरक्षामा कुनै कमि आउन दिनु हुँदैन । पिपिई लगायत सुरक्षित मापदण्ड अवलम्बन गर्न विशेष ध्यान दिदै बिमा एवं प्रोत्साहन प्याकेज र चरण आर्थिक मारमा रहेका अनौपचारिक तथा स्वरोजगार क्षेत्रलाई राहत एवं सामाजिक सुरक्षा लागु हुनु पर्छ ।

विज्ञप्तिमा, “ट्रेड युनियनको समेत प्रतिनिधित्व हुने गरि अधिकार सम्पन्न त्रिपक्षिय रोजगार प्रवर्द्धन बोर्डको स्थापना गरि श्रम बजारलाई चलायमान गर्न निश्चित अवधिकालागी उद्योग प्रतिष्ठानहरुको पुर्नतालिकिकरण तथा व्याज, कर सहुलियत , नीतिगत लचकता अपनाउनु पर्ने, साना मझौला उद्योग , कृषिजन्य उद्योगको विकास र प्रवर्द्धन , व्यवसायिक तालिम कार्यक्रमलाई एकद्वार प्रणालीमार्फत दक्षजनशक्ति उत्पादन गरि नयाँ रोजगारी सृजना गर्नु पर्ने उल्लेख छ ।

यसैगरी फजुल खर्च कटौती गर्न विभिन्न आयोग , समितिहरु खारेज गर्नु पर्ने , प्रधानमन्त्री रोजगार कार्यक्रम एवं सांसद विकास कोषको रकमलाई ट्रेड युनियनको समेत प्रतिनिधित्व गराई उत्पादन वृद्धि र रोजगारी सृजना हुने क्षेत्रमा लगानी गर्नु पर्ने,आन्तरिक पर्यटन प्रवर्द्धन र प्रोत्साहनकालागी राहत कार्यक्रम ल्याउनु पर्ने,कृषिको व्यवसायिकरण गर्दै कृषिमा जाने नगद अनुदान कृषकले नपाउने तर पहुँचवालाले कुम्ल्याउने कार्यलाई रोक्न कृषकलाई जग्गा लिजमा उपलब्ध गराउदै प्रविधी,मल,बिउँ,बिमा, बजारीकरण ,निर्व्याजी कर्जा, प्रोसेसिङ्ग र प्याकेजिङ्ग जस्ता कार्यकालागी अनुदान दिनु पर्ने,स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिदै प्रदेश र पालिका स्तरमा अस्पतालको स्तरउन्नति गर्नुपर्ने,कोभिड-१९ महामारीबाट बेरोजगार भएकालाई न्युनतम पारिश्रमिक सरह बेरोजगार भत्ता दिनुपर्ने,अनौपचारिक तथा स्वरोजगर क्षेत्रमा सामाजिक सुरक्षा लागु गराउनु पर्ने, स्थानीय तहमा श्रमिकको पञ्जिकरण गरि रासन कार्डको व्यवस्था गर्ने र कार्डको आधारमा राहत दिनु पर्ने, यस महामारी र संकटको अवस्थामा श्रमिकको रोजगारी कटौती एवं विभेद र शोषण हुन नदिन आधारभुत श्रम मापदण्ड सुनिश्चित गर्न अनुगमन तथा निरीक्षणलाई प्रभावकारी बनाउनुकासाथै सामाजिक संवादलाई चुस्त गर्नु पर्ने माग गरेका छन् ।

युनियनले कोभिड-१९ का कारण रोजगारी गुमि स्वदेश फर्किएका श्रमिकले बैंकबाट लिएको कर्जा र व्याज मिनाहा गर्नुपर्ने,स्वदेश फर्किएका युवाको सिपको सदुपयोग गर्दै रोजगारीसंग जोड्नु पर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको स्वास्थ्य सुरक्षाको विशेष ख्याल गर्नु पर्ने र संकटमा रहेका नेपालीहरुलाई तत्काल उद्घार गर्न समेत विज्ञप्तिमार्फत माग गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?