Madhyabindu News App
स्वास्थ्य

कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षण भएकी सिन्धुपाल्चोककि महिलाको धुलिखेल अस्पतालमा मृत्यु

Madhyabindu Online

(काठमाडौं) – धुलिखेल अस्पतालमा उपचाररत एक जना सुत्केरीको ज्यान गएको छ । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएकी सिन्धुपाल्चोक–बाह्रबीसे नगरपालिका वडा नम्बर ९ की उक्त सुत्केरीको विहीबार राति नै ज्यान गएको अस्पताल प्रशासनले जनाएको छ ।

मृतक महिला बैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भई वैशाख २५ गते डिस्चार्ज भएकी थिइन् । तर, घर फर्किएपछि उनलाई उच्च ज्वरो आएपछि धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । घर पुगेपछि ज्वरो आएर श्वास फेर्न गाह्रो भएपछि उनलाई धुलिखेल अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

ती महिलाको पीसीआर परीक्षण  धुलिखेल अस्पतालकै ल्याबमा भैरहेको अस्पतालले जानकारी गराएको छ ।रिपोर्ट प्राप्त भएपछि पनि स्वास्थ्य मन्त्रालय मार्फत जानकारी गराइने अस्पताल प्रशासनको भनाइ छ ।

यो रिपोर्ट पोजेटिभ आइ पुष्टि भएको खण्डमा नेपालमा कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु हुने ती महिला पहिलो मृतक हुनेछिन् ।

 

 

Tags

छुटाउनु भयो कि ?