कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन, केन्द्रलाई हस्तक्षेप नगर्न ध्यानाकर्षण

नेकपाका जिल्ला सचिवले क्वारेन्टाइनमा बस्न नमानेपछि….
(बाजुरा) – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जिल्ला कमिटी सचीव भरत बुढा र उनका पाँच जना परिवार सहित सुदुरपश्चिम प्रदेशको राजधानी धनगढी कैलाली बाट बाजुरा आउँदा क्वारेन्टाइनमा बस्न नमानेपछि त्रीवेणी नगरपालिका मा विवाद चुलिएको छ ।
गत बैशाख ३१ गते राति प्रशासन र प्रहरीको समेत मिलेमतोमा आफ्ना दुई छोरा र एक छोरी सहितको परिवार बा१८ च ९५०२ निजि जीपमा स्थानीय चेकपोस्टमा गाडी इन्ट्री समेत नगरी त्रीवेणी नगरपालिका ५ स्थित आफ्नो घरमा आएर बसेपछि स्थानीयले बिरोध गरेका हुन् । प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपाने सँगको मिलेमतोमा स्थानीय तहमा समन्वयनै नगरी नेता भएकै नाममा कानुनको खिल्ली उडाउनु दु:खद भएको त्रीवेणी नगरपालिकाका वडा नं ३ का वडाअध्यक्ष मीन भण्डारीले बताए ।
वडाध्यक्ष भण्डारी भन्छन् ” कैलाली बाट मोटरसाइकलमा आएका स्थानीयलाई क्वारेन्टाइनमा राख्न लाग्दा नेताले चाहिँ बस्न नपर्ने हामी जनताले चाहिँ बस्नुपर्ने भनेपछि मात्रै नेकपा सचीव बुढा पाँच दिन पहिल्यै घरमा आएर बसेको थाहा पाइयो” । उनका अनुसार स्थानीय जनप्रतिनिधि लगायतको टोलिले क्वारेन्टाइनमा बस्न गरेको अनुरोध नेकपा सचिव बुढाले ठाडै अस्विकार गरेपछि मंगलबार त्रीवेणी नगरपालिकाको आकस्मिक बैठक बसी निज बुढालाई क्वारेन्टाइनमा बस्न पुनः एकपटक अनुरोध गर्ने अन्यथा आवस्यक कानुनी कार्वाहीको प्रक्रिया अघि बढाउने निर्णय नगरपालिकाले गरेको छ ।
यसैबीच उक्त घटनालाई लिएर नेपाल विद्यार्थी संघले एक ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै नेतृत्वले झन समाजमा सर्वसाधारण लाई जनचेतना फैलाई सहयोग गर्नु पर्ने ठाउँमा जिम्मेवारी ब्यक्तिले राजनीति र प्रशासनको आडम्बरले यस्ता गतिविधि गर्नु निन्दनीय छ भनेको छ । भोलि हजारौंको संख्यामा देश र जिल्ला बाहिर बाट आउनुहुने साधारण आउदा के हुन्छ ? उनिहरु क्वारेन्टाइन बस्ने कि नबस्ने ?नबस्दाको अवस्था के हुन्छ? संक्रमण र यसको जिम्मेवारी को हुने ? गलत गर्ने र गलत परिपाटीको बिकासमा लाग्ने लाई कानुनी दायरामा ल्याउनु पर्छ भन्दैै नेबिसंघले उक्त घटनामा प्रत्यक्ष संलग्न देखिएका प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेलाई समेत कार्वाहीको माग गरेको छ ।