फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

हत्या गरेर घरभित्रै गाडेको अवस्थामा शव भेटियो
(काठमाडौं) – विराटनगर महानगरपालिका–१४ झटियाइमा हत्या गरेर आफ्नै घर भित्र गाडेको अवस्थामा बुधबार साँझ एक पुरुषको शव फेला परेको छ। घर भित्रै खनेर पुरेको अवस्थामा ५५ वर्षीय सत्यराम चौहानको शव फेला परेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए।
एसपी अधिकारीका अनुसार हत्या गरेर चौहान सुत्ने खाटकै साइटमा लगभग दुई/तीन फिट गहिरो खाल्डो खनेर गाडेको अवस्थामा शव भेटिएको हो। ‘खनेर आफ्नै घर भित्र शव गाडिदिएका कारण हत्या हो भन्ने प्रष्ट हुन्छ,’ उनले भने, ‘साँझका बेला शव फेला परेका कारण सबै कुरा प्रष्ट खुलिसकेको छैन।’
घटनाको खबर पाए लगत्तै कर्कटपातको छानो भएको र काठले बनाएको चौहानको एक तले घरमा पुगेको प्रहरी टोलीले खनेर हेर्दा हत्या गरेर घर भित्रै गाडेको अवस्थामा शव फेला पारेको एसपी अधिकारीको भनाइ छ।
रात परिसकेका कारण शरीरको कुनकुन भागमा चोटपटक थियो भनेर राम्ररी हेर्न नसकिएको उनको भनाइ छ। कसले हत्या गरेको र कसरी घटना भयो भन्ने बारेमा विस्तृत रुपमा अनुसन्धान अघि बढाइएपछि वास्तविकता बाहिर आउने जानकारी एसपी अधिकारीले दिए।
प्रहरीले शव उत्खनन् गरेर बाहिर निकाल्दै पोस्टमार्टमका लागि कोसी अस्पताल पुर्याएको छ।