Madhyabindu News App
मुख्य खबर​

मध्यरातमा पुर्व युवराज पारस शाहको गाडिको ठक्करबाट गोरुको मृत्यु

Madhyabindu Online

(पोखरा) – पूर्व युवराज पारस शाह चढेको गाडी पोखरामा दुर्घटना भएको छ । शुक्रबार राति करिब साढे २ बजेको समयमा पोखरा पृथ्वीचोकमा एउटा गोरुलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

पूर्वयुवराज शाह चढेको बा १४ च २१३१ नम्बरको गाडीले मध्यरातमा गोरुलाई ठक्कर दिएको हो । गाडीको ठक्करपछि घटनास्थलमै गोरुको मृत्यु भएको छ । एसपी कार्कीका अनुसार ‘गाडी भने पारस आफैंले चलाएका थिएनन्,’।

मध्यरातमा पूर्वयुवराज पारसको स्वास्थ्यमा समस्या देखिएपछि पोखरास्थित गण्डकी अस्पताल लैजाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । आफ्नो ड्राइभर नभएर अर्कै ड्राइभर लिएर अस्पताल जाँदै रहेछन् । निजी नभई अर्कै ड्राइभरले दुर्घटना गराएको रहेछ,’ एसपी कार्कीले भने ।

पूर्व युवराज पारस लकडाउनको समयमा  करिब ९ महिनादेखि पोखराको लेकसाइडमा बस्दै आएका छन् । केही दिनअघि उनले पोखराका जलारी समुदायलाई राहत वितरणसमेत गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?