स्थानीय तह

इन्द्रावती गाउँपालिकाको कार्यालय रहेको नवलपुर क्षेत्र सिल गर्ने निर्णय

Madhyabindu Online


A A- A+

(सिन्धुपाल्चोक) – इन्द्रावती गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने नवलपुर बजार र आसपासका क्षेत्र सिल गर्ने निर्णय गरिएको छ । आइतबार गाउँपालिका अध्यक्ष बंशलाल तामाङको अध्यक्षतामा बसेको गाउँपालिकास्तरीय कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा ब्यबस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

गाउँपालिकाले इन्द्रावती-४ मा एक शंकास्पद बिरामीको आरडिटी परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि अर्को सुचना नभएसम्मका लागि अत्यावश्यक बाहेक सबै सवारीसाधन तथा ब्यक्तिको आवागमनमा समेत रोक लगाइएको विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

शंकास्पद बिरामी भरतपुर क्यान्सर अस्पतालमा आफ्नो आफन्तको उपचारका क्रममा कुरुवा बसेर  हालसालै फर्केको स्रोतले बतायो । भरतपुर बाट फर्केको बिरामीको रिपोर्ट पोजेटिभ न देखिएको तर कुरुवा को चाहिँ देखिएकोले निजको उपचारका लागि तत्काल मेलम्चीस्थित आइसोलेसन वार्डमा पठाइ पिसिआर परिक्षण गरीने पनि गाउँपालिकाले जनाएको छ ।

यसका साथै सो क्षेत्रमा इन्द्रावती गाउँपालिकाको कार्यालय समेत रहेकोले अर्को सुचना नभएसम्मका लागि गाउँपालिका तथा गाउँ पालिका सँग सम्बन्धीत सम्पुर्ण कार्यालयहरु पुर्ण रूपमा बन्द रहने गाउँपालिका अध्यक्ष बंशलाल तामाङले जानकारी दिएका छन् ।

छुटाउनु भयो कि ?