Madhyabindu News App
स्वास्थ्य

एकै घरका १८ जना कोरोना जितेर घर फर्के

Madhyabindu Online

(पर्सा) – वीरगन्जको नारायणी अस्पतालबाट एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । उपचारका लागि नारायणी अस्पतालमा भर्ना भएदेखि दुई पटक स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायका अनुसार  उनीहरूलाई आइतबार राति करिब ११ बजे  डिस्चार्ज गरिएको हाे ।

आइतबार डिस्चार्ज हुने ७ महिला र ११ पुरुष मा ४ महिने शिशुदेखि ६२ वर्षकी वृद्ध महिलासम्म छन् । उनीहरु सबै वीरगन्ज महानगरपालिका निवासी हुन् ।

गत वैशाख २१ मा उक्त परिवारका ३७ वर्षीय पुरुषमा कोभिड-१९ संक्रमण पुष्टि भएपछि सम्पूर्ण परिवारको स्वाब संकलन गरिएको थियो । ती पुरुषको आमा, बुबा, दाइ, भाउजू, छोरा, भतिजासहित परिवारका १७ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

Tags

छुटाउनु भयो कि ?