Madhyabindu News App
राजनीति

पत्रकार र मिडिया हाउसलाई सुरक्षा सामाग्री उपलब्ध गराउन देउवाको माग

Madhyabindu Online

(काठमाडौं) – कोरोना महामारीमा रिपोर्टिङमा खटिएका पत्रकार जोखिममा रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशैभरका पत्रकारहरूका  लागि सुरक्षा सामग्री व्यवस्थापन गर्न  माग गरेका छन ।

नेपाल प्रेस युनियनलको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले भने, ‘कोरोना जोखिमका बेला पत्रकारिता काम सजिलो छैन। देशभरका पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य हो।’

वीरगञ्जलगायत ठाउँमा पत्रकारलाई कोरोना संक्रमण देखिएको भए पनि सरकार गम्भीर नभएको देउवाको आरोप छ। ‘देशभरका पत्रकारको निस्शुल्क परीक्षण गरेर पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न म सरकार समक्ष माग गर्नेछु।’

उनले पत्रकार र मिडिया हाउसलाई राहत योजना ल्याउन पनि सरकारसँग माग गरेका छन्। श्रमजिवी पत्रकारहरू बेरोजगार रहेको भन्दै उनले विज्ञापन व्यवसायमा असर पर्दा मिडिया हाउसहरू संकटमा परेको पनि उल्लेख गरेका छन्।

Tags

छुटाउनु भयो कि ?