स्थानीय तह

गाउँपालिका अध्यक्षले आफ्नै खर्चमा गरिदिए गाउँपालिकासम्वद्ध सबैको कोरोना बिमा

Madhyabindu Online


A A- A+

(सिन्धुपाल्चोक) – भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले आफ्नो ब्यक्तिगत खर्चमा गाउँपालिका सँग सम्बन्धित सबैको कोरोना बिमा गरिदिएका छन् । बिश्वब्यापी रूपमा फैलिएको कोरोनाको कारण मुलुक आक्रान्त रहेको बेला गाउँपालिका अध्यक्षले गरेको यो उदाहरणीय कामको सर्वत्र चर्चा सुरु भएको छ ।

गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगायत ५ वटै वडाका सम्पुर्ण जनप्रतिनिधि, स्वास्थ क्षेत्रका सबै तहका स्वस्थ्यकर्मी, गाउँपालिका तथा सबै वडाकार्यालयमा कार्यरत सबैतहका कर्मचारी को बिमा आफुले गरिदिएको अध्यक्ष पौडेलले बताए । उनका अनुसार गाउँपालिकासँग सम्वद्ध कुल ९२ जनाको १ लाख रकम बराबरको कोरोना बिमा गरिएको हो ।

अध्यक्ष पौडेलका अनुसार बिमालेख भोटेकोसी गाउँपालिका रहने गरि आएइमई जनरल इन्स्योरेन्स लिमिटेडमा एक वर्षकालागि बिमा गरिएको हो ।बिमाअवधि २८ मे २०२१ सम्म कायम रहनेछ ।

बिमा कम्पनी आइएमइ जनरल इन्स्योरेन्सका अनुसार कोराना भाइरस (कोभिड-१९) रोग लागेको अवस्थामा र भुक्तानी पाउने व्यक्तिको कानुनी अधिकार प्रमाणित भएमा करारको अवधिमा रही भुक्तानी दिइनेछ । बिमा रकम भुक्तानी हुनका लागि व्यक्तिको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हुनुपर्नेछ । बिमा कम्पनीका अनुसार यो बाहेक अन्य कम्पनीबाट बिमा गराइएको पाइएमा भने भुक्तानी  दिइने छैन ।

छुटाउनु भयो कि ?