फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

मेलम्ची खानेपानी प्रभावित क्षेत्रमा बजेट बिनियोजन
हेलम्बुमा छुट्टै समझदारी
(देवराज सुवेदी/सिन्धुपाल्चोक) – मेलम्ची खानेपानी आयोजना प्रभावित विभिन्न क्षेत्रमा भौतिक पुर्बाधारका निम्ति विभिन्न योजनाहरु अन्तर्गत रकम बिनियोजन भएको छ ।
जस अन्तर्गत मेलम्ची –भोताङ खण्डको धाप भोताङ –याङ्री सडक निर्माणका लागि रु.३ करोड ,फट्टे –दाउचेत – केउरेनी –बांसखर्क– बरुवा –याङ्री सडक स्तरोन्नतिका लागि रु.२ करोड बिनियोजन गरिएको छ ।
त्यस्तै मोटर पुल तर्फ चिण्डे –बांसखर्क मोटरपुल र गुन्सा रैथाने मोटरपुलको लागि रु.१ ,१ करोड बिनियोजन गरिएको छ । गत २०७६ मंसिर १९ गते पूर्र्व कानुन मन्त्री एवं सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद शेर बहादुर तामाङको सिफारिस र २०७६ साल पौष ९ गते सांसद तामाङ र आयोजनाको तर्फबाट डा.शम्भु कट्टेलको रोहबरमा गाउंपालिकाको तर्फबाट अध्यक्ष टासी लामा र मेलम्ची खानेपानी बिकास समितिको तर्फबाट कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीको हस्ताक्षरमा भएको सम्झौता अनुसारका केही आयोजनाहरु समेत थप गरि योजना छनौट गरि रकम बिनियोजन गरिएको मेलम्ची खानेपानी बिकास समितिका सुचना अधिकारी सि.डि.ई.राजेन्द्र पन्तले जानकारी दिए ।
आयोजनाका पदाधिकारीहरु र तामाङका तर्फबाट स्वकीय सचिब निर्मल बन्जारा बिच मंगलबार भएको आयोजना कार्यान्वयन सम्बन्धी छलफलमा पहिलो चौमासिक भित्र आबस्यक प्रकृया पूरा गरि दोश्रो चौमासिकबाट प्रभाबित क्षेत्रका बिकासे आयोजनाका काम सुचारु गरिने जानकारी सांसद तामाङका स्वकीय सचिब निर्मल बन्जाराले जानकारी दिए ।
मेलम्ची आयोजना प्रभाबित क्षेत्रका बिकासे आयोजनाहरु तीब्र गतिमा अघि बढाउने र छिट्टै सम्पन्न गर्ने उद्देश्यका साथ दुई पक्ष बीच २०७६ पौष ९ गते सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
हेलम्बुमा छुट्टै समझदारी
मेलम्ची खानेपानी आयोजना र हेलम्बु गाउँपालिका बीच नियमित अनुदानका अलावा यसै बर्ष सम्पन्न गर्नेगरी दुई बृहत सडक योजनाको समझदारी भएको छ । सम्झौता भएका सडक मध्ये मेलम्ची -तिम्बु-मेलम्चीघ्याङ्ग मोटरबाटो पिचको लागि रु ५ करोड विनियोजन भैसकेको र शेरा-ग्याल्थुम- गोल्फुभञ्ज्याङ्ग सडकको लागि बजेट विनियोजनको प्रक्रियामा रहेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बताउँछन् ।
उनले भने ” मेलम्ची खानेपानी आयोजनाको मुहानमै हेलम्बु भएकोले मुख्य प्रभावित क्षेत्रको जायज माग उपयुक्त समयमा सम्बोधन नहुँदा स्थानीयहरु आफ्ना माग सम्बोधनका लागि आन्दोलन गर्न बाध्य हुनेछन् । जसका कारण मेलम्चीको पानी समयमै काठमाडौं पुग्ने कुरा असम्भव हुने निश्चित छ ।”
हेलम्बु गाउँपालिकाले मेलम्ची आयोजनाले नै अत्यधिक प्रयोग गर्ने बाटो बनाउन माग गर्दा पनि उक्त मागको सुनुवाइमा बेवास्ता गरे आयोजना लाई अफ्ट्यारो पर्न सक्ने प्रति आयोजना बेलैमा सचेत हुनुपर्ने अध्यक्ष शेर्पाले बताए ।