Madhyabindu News App
लुम्बिनी प्रदेश

प्रदेश ५ सरकारविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर

Madhyabindu Online


A A- A+

(बुटवल) –  प्रदेश ५ सरकारविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर भएको छ ।

कपिलवस्तु मायादेवी गाउँपालिका ५ का सुनिलकुमार चौहान र कृष्णनगर नगरपालिका ६ का अरुणेशकुमार उपाध्यायले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश नम्बर ५ बुटवल, जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, जिल्ला प्रशासन कार्यालय रुपन्देहीसहित दुई जिल्लाका ९ स्थानीय तहलाई विपक्षी बनाइ मुद्दा दायर गरेका हुन् ।

दायर मुद्दामा विपक्षीले मापदण्डअनुसार क्‍वारेन्टाइन सञ्चालन नभएको विषय उल्लेख गरी परमादेश माग गर्दै मुद्दा दायर गरेका छन् । विपक्षी बनाई मुद्दा दायर भएका स्थानीय तहमा कपिलवस्तुका महाराजगन्ज नगरपालिका, कृष्णनगर नगरपालिका, यशोधरा गाउँपालिका, मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिका छन् । त्यसैगरी रुपन्देहीका लुम्बिनी सांस्कृतिक नगरपालिकासँगै समरीमाई, मर्चवारी तथा मायादेवी गाउँपालिका लाई पनि विपक्षी बनाइएको छ ।

उक्त मुद्दामा नेपालको संविधानको धारा १४४ (१) र (२) बमोजिम परामादेश प्रतिषेध लगायत आवश्यक उपयुक्त आज्ञा, आदेश जारी गरी पाऊ भन्ने माग गरिएको छ ।

मुद्दामा विपक्षी बनाइएकाहरुबाट क्वारेन्टाइन सञ्चालनका क्रममा संविधानले नागरिकलाई दिएका कतिपय मौलिक हकहरु उल्लघंन गरेको उल्लेख छ । तर प्रदेश ५ सरकारले भने कोभिड १९ विरुद्धको कामकारबाहीमा कुनै पनि कसर बाँकी नराखी काम गरिरहेको बताउँदै आएको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले मुद्दाको सुनुवाइका लागि जेठ २३ का लागि पेसी तोकेको छ ।

छुटाउनु भयो कि ?