Madhyabindu News App
अन्तर्राष्ट्रिय

२७० रोहिंग्या शरणार्थीलाई उद्धारपछि नियन्त्रणमा

Madhyabindu Online

(काठमाडाैं) – मलेसियाले दुई महिना देखि समुन्द्रमा अड्किएका २ सय ७० रोहिंग्या शरणार्थीलाई उद्धारपछि नियन्त्रणमा लिएको छ ।

दुई महिना देखि जारी लकडाउनका कारण उनीहरु समुन्द्र क्षेत्रमा नै अलपत्र परेका थिए । उनीहरुले गत अप्रिलमा बंगलादेशबाट समुन्द्रको बाटो मलेसिया प्रवेशको प्रयास गरेका थिए ।

मलेसियाका तटीय सुरक्षा गार्डले नियन्त्रणमा लिने प्रयास गर्दा शरणार्थीको समूह समुन्द्रमा हाम फालेर जमिन सम्म पुग्ने प्रयास गरेको थियो ।

म्यानमारबाट विस्थापित भएका १० लाख रोहिंग्या समुदाय बंगलादेशमा हाल शरण लिइरहेका छन् ।

बंगलादेशमा शरण लिइरहेकाहरु नजिकको मुस्लिम मुलुकमा सुरक्षित हुने आशामा समुन्द्र बाटो हुँदै जोखिमपूर्ण यात्रा गर्ने गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?