फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

नाम जेसुकै भएपनि रतुवामाईले स्विकार्छ मदन भण्डारी अस्पताल
(सन्तोष भट्टराई/मोरङ) – प्रदेश नम्बर १ सरकारको विशेष आयोजनामा उर्लाबारी नगरपालिका स्थित मङ्गलबारे अस्पताललाई स्तरोन्नती गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मा परिणत गर्ने भनी प्रस्तावित भई आएको हुदा आम मङ्गलबारे बासी आफ्नो क्षेत्रमा रहेको अस्पतालको परिचय गुम्ने भनि सो कार्य हुन नदिन आन्दोलित छन् ।
एकाएक सिङ्गो उर्लाबारी नामाकरणको विषयलाई लिएर आन्देलित भइरहँदा यस विषयलाई लिएर छिमेकी नगरपालिका रतुवामाई उक्त अस्पताल तथा ट्रमा सेन्टर आफ्नो नगरपालिकामा ल्याउन छलफलमा लागि परेको छ। स्वर्गीय मदन भण्डारीको प्रत्यक्ष्य राजनितीक थलो पनि रहेको यस रतुवामाई नगरपालिकामा उक्त योजना ल्याउदा स्व मदन भण्डारी प्रति सम्मान पनिहुने निस्कर्स निकाल्दै , सिङ्गो नगर क्षेत्रका बासीन्दा सो कार्यक्रम आफ्नै नगरपालिका स्थित झुर्किया अस्पतालमा स्थानान्तरण गर्न किन हुदैन भन्ने प्रश्न राख्न थालेकाछन् ।
नामकै विषयमा उर्लाबारीमा चर्को विवाद सुरुभएपछि, नाम जेसुकै भएपनि यतिको ठुलो आयोजना लाई (अत्याधुनिक अस्पताल) रतुवामाई वासी जनताले खुल्ला रुपमा स्वागत गर्ने बताउछन् । यस्ता कार्यक्रमहरुमा सँधै आफुहरु हेपिने र पछि पर्ने आम नगरवासीको गुनासो पनि बिगत देखिनै रहदै आएको छ ।
यो विशाल आयोजनालाई रतुवामाई नगरपालिकामा रहेको झुर्किया अस्पताललाई विकास गरि संचालनमा ल्याउन सकिने छ। झुर्किया अस्पतालले रतुवामाईमात्र नभई सुनवर्षी, उर्लाबारी, रंगेली र झापा जिल्ला अन्तर्गत पर्ने गौरिगन्ज गाउँपालिका, गौरादह नगरपालिकालाई समेत समेट्ने र गरिब, बिपन्न लगायतका वर्गहरुले पनि सहज र सुलभ तरिकाले सेवा तथा उपचार पाउने छन्।
उपचारका लागि दमक, बिर्तामोड , बिराटनगर , धरान जानुपर्ने बाध्यात्मक अवस्थाबाट यश क्षेत्रका जनताले मुक्ति पाउनेछन्। तसर्थ रतुवामाई नगर क्षेत्र भित्र यस प्रकारको अस्पताल उचित विकल्प रहेको स्थानीयको ठम्याई छ । यस्ता गौरवान्वित आयोजना जुनसुकै नाम र विषय लिएर आएपनि रतुवामाईवासी यस्ता प्रस्तावको सदैब खुलेर स्वागत तथा सम्मान प्रकट गर्दछन् ।
यदि उर्लाबारीले नाम र पहिचान गुम्ने आसंकामा यश आयोजनालाई अवरोध गरिरहनेहोभने, यो बिसाल योजना उम्केर अन्यत्र कतै जानसक्ने हुन्छ । उम्केर अन्यत्र जानू अगावै रतुवामाईले उक्त आयोजन आफ्नो नियन्त्रणमा लिन सकेको खण्डमा उर्लाबारीलाई पनि सहजहुने र अन्य छिमेकी पालिकाका सेवाग्राही हरुले पनि सहजरूपमा सेवा र सुविधा प्राप्त गर्नेमा दुईमत छैन ।