Madhyabindu News App
अन्तर्राष्ट्रिय

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्महत्या

Madhyabindu Online

(काठमाडौं) – बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर उनले आत्महत्या गरेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सुशान्तको घरमा काम गर्दै आएका नोकरले बांद्रा पुलिस स्टेशनमा यसबारे जानकारी दिएको बीबीसी हिन्दीले उललेख गरेको छ ।

मुम्बई पुलिसका अतिरिक्त सीपी मनोज कुमारले सुशान्त सिंह राजपूतले आत्महत्या गरेको पुष्टि गरेका छन् । उनको पोस्टमार्टम रिर्पोट आउन बाँकी छ ।

‘कोई पो चे’बाट डेब्यु गरेका सुशान्त अभिनित ‘केदारनाथ’, ‘छिछोरे’, ‘एम.एस धोनी’, ’पिके’, ’शुद्ध देसी रोमान्स’, ’सोनचिडैया’ लगायतका फिल्म प्रदर्शनमा आएका छन् । फिल्म अगाडि उनी टेलिभिजनमा काम गर्थे ।

टिभीबाट आफ्नो क्यारियर सुरु गरेका सुशांत सिंह राजपूतले हालैका वर्षहरूमा ठूलो स्क्रीनमा आफ्नो उल्लेखनीय उपस्थिति जनाउँदै रेकर्ड राखेका थिए ।

काई पो चेबाट फिल्म करियर सुरु गरेका सुशांतले बलिउड अभिनेता आमिर खानको सुपरहिट फिल्म पीकेमा पनि काम गरेका थिए ।
सुशांत सिंह राजपूतलाई एमएस धोनी: अनटोल्ड स्टोरीको लागि सर्वश्रेष्ठ अभिनेताको फिल्मफेयर पुरस्कारका लागि मनोनयन गरिएको थियो ।

उनको फिल्म “चन्दा मामा दुरा के” विज्ञान कथामा आउने क्रममा थियो, जसको शूटिंग हाल बजेटको अभावले रोकिएको थियो ।

दस दिन अघि मात्र उनले आफ्नो आमासँगको एउटा फोटो इन्स्टाग्राममा पोष्ट गरेका थिए । उनको जन्म २१ जनवरी १९८६ मा बिहारको पटनामा भएको थियो । उनी बिहारकै पूर्णिया जिल्लाका हुन् ।

Tags

छुटाउनु भयो कि ?