Madhyabindu News App
अन्तर्राष्ट्रिय

भारत र चिनका सेनाबिच भिडन्त कम्तीमा २० भारतीय सैनिकको मृत्यु

Madhyabindu Online

(नयाँदिल्ली) – दुई देशका सेनाबीच शान्तिपूर्ण वार्ताको एक महिना नपुग्दै चीन र भारतका सेनाबीच झडप हुँदा ठूलो हताहत भएको बुझिएको छ ।

भारत र चिनको सिमा क्षेत्र लद्दाखको गलवान उपत्याकामा दुई देशका सेनाबीझ झडप हुँदा भारतीय सेनाका अधिकृत सहित कम्तिमा २० सिपाही मारिएका एजेन्सीले जनाएका छन् । एलओसी क्षेत्रमा पछिल्ला केही महिनादेखि नै यस्ता किसिमका झडप भए पनि पहिलो पटक मृत्यु भएको हो । सुरुमा तीन भारतीय सैनिकको मृत्यु भएको बताइएको थियो ।

गलवान उपत्याकाको यस क्षेत्रमा दुबै देशका सेनाले आफ्नो भूमि भन्दै ओगट्ने गरेका थिए । यद्यपि दुई साताअघि दुई देशका सेनाबीच यस क्षेत्रलाई शान्त राख्ने विषयमा वार्ता सम्पन्न भएको थियो । वार्ता सफल भएको बताइएको दुई सातामै सेनाबीच झडप भएको हो । २०१७ मा पनि चीन र भारतका सेनाबीच दोक्लममा हिंश्रक भीडन्त भएको थियो ।

यस क्रममा केही चिनियाँ सिपाही पनि घाइते भएको बताइएको छ । यद्यपि चिनियाँ सेनाबारे विस्तृतमा विवरण भने आउने क्रम जारी छ । एजेन्सी को सहयोगमा ।

Tags

छुटाउनु भयो कि ?