Madhyabindu News App
स्वास्थ्य

नेकपासिन्धुपाल्चोक द्वारा इन्द्रवाती गाउँ पालिकाको लागी स्वास्थ सामाग्री हस्तान्तरण

Madhyabindu Online

(सिन्धुपाल्चोक) – नेपालकम्युनिस्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक ले इन्द्रावती गाउँपालिकामा पार्टी को तर्फ बाट स्वास्थसामाग्री सहयोग गरेको छ ।

यसअघि पार्टीले गरेको निर्णय लाई कार्यान्वयन गर्दै कोरोना भाइरस (कोभिड(१९) कोमहामारीले सिङ्गो विश्व नै आक्रान्त भइरहेको जटिल परिस्थितिमा अग्रपंक्तिमा रहेर कामगर्ने स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ सामाग्री हस्तान्तरण गरेको हो ।

नेकपा सिन्धुपाल्चोकजिल्ला कमिटी अध्यक्ष झम्क नेपाल को नेतृत्व मा आज ५,००० थान सर्जिकल मास्क,सेनीटाइजर, ग्लोब्स लगायत विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो । सोसहयोग स्वास्थ सामाग्री इन्द्रवाती गाउँ पालिका अध्यक्ष वंशलाल तामाङ लाइ हस्तान्तरण गर्दै नेकपा सिन्धुपाल्चोक सधै जनताको सेवामा खटिरहने र जनताको सुख दुख मा साथ दिनेप्रतिबद्धता पनि जनाएका छन् ।

अध्यक्ष झम्क नेपाल ले यस महामारीको बेला सबै सिन्धुबासी जनता लाइ सुरक्षित रहि अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र कोभिड १९ संक्रमितहुनबाट जोगिन को लागी पनि अनुरोध गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?