Madhyabindu News App
अन्तर्राष्ट्रिय

लद्दाखस्थित गलवान घटनामा आफू जिम्मेवार नभएको चीनको दाबी

Madhyabindu Online

(काठमाडौं) – चीनले लद्दाखस्थित गलवान उपत्यकामा केही सैनिकहरूको मृत्यु हुनेगरी भएको घटनाका लागि आफू जिम्मेवार नभएको बताएको छ ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सो स्थानमा मंगलबार घटना लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् सीमाको वास्तविक नियन्त्रण रेखामा चिनियाँ क्षेत्रपट्टि भएको दाबी गरेको छ ।

उनले सो घटनामा कसको गल्ती हो भन्ने स्पष्ट भएको टिप्पणी गरेका छन् । मंगलबार सार्वजनिक भएको घटनामा २० जना भारतीय सैनिकको मृत्यु भएको पुष्टि भारतीय पक्षले गरिसकेको छ ।

चिनियाँ सैनिकहरू पनि हताहत भएको भारतको दाबी छ । तर बेइजिङले त्यसबारे केही स्पष्ट पारेको छैन । झाओले सोझो उत्तर नदिई सीमा सुरक्षाका लागि खटिएका टोलीहरूले संयुक्त रूपमा विवाद समाधान गर्न खोजिरहेका तथा भारत चीन सीमामा समग्रमा स्थिर अवस्था भएको बताए ।

Tags

छुटाउनु भयो कि ?