Madhyabindu News App
स्वास्थ्य

सिन्धुपाल्चोकमा क्वारेन्टाइनमा रहेका १८ जनामा कोरोना पोजेटिभ

कुवेतबाट आएका १० मध्ये ९ जना संक्रमित

Madhyabindu Online

(सिन्धुपाल्चोक) – मेलम्ची नगरपालिका-१२, बाहुनेपाटीको क्वारेन्टाइनमा रहेका १३ जना र दोलखाबाट आएका मेलम्चीको क्षेत्रिय क्वारेन्टाइनमा बसेका ५ जनामा गरि सिन्धुपाल्चोक जिल्लामा पुन १८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका सुचना अधिकारि कृष्ण तिवारिले जानकारि दिएका छन् ।

अधिकारीका अनुसार कुवेतबाट जेठ २९ गते आएका १० महिलामध्ये ९ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै दोलखाबाट जेठ १० मा आएका पाँच पुरुष र भोजपुरबाट जेठ २८ गते आएका चार पुरुषमा कोरोना संक्रमण देखिएको छ । दोलखाबाट आएका पुरुषहरु पाँचपोखरी गाउँपालिकाका हुन् । उनीहरुमध्ये दुई जनालाई यसअघि नै संक्रमण भएको थियो ।

त्यसैगरी कुवेतबाट आउनेमा हेलम्बु, इन्द्रावती, पाँचपोखरी र मेलम्चीका छन् ।दोलखाबाट आएर क्षेत्रिय क्वारेन्टाइन मेलम्चीमा बसेका ८ जना र बाहुनेपाटीमा रहेका १८ जनको गरी जम्मा २६ जनाको स्वाव संकलन गरि असार १ गते परिक्षणको लागि टेकु प्रयोगशाला काठमाडौं पठाइएकोमा मेलम्चिको क्वारेन्टाइनमा रहेका ५ जना र बाहुनेपाटीको क्वारेन्टाइनमा रहेका १३ जनाको टेकु प्रयोगशाला काठमाडौं पठाइएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

उनिहरुको रिपोर्ट बिहिबार राति आएको थियो । संक्रमितहरु पाँचपोखरी गाँउपालिकाका १० जना, हेलम्बु गाँउपालिकाका ३ जना र मेलम्ची नगरपालिकाका ५ जना रहेका छन् । उनिहरु भोजपुर र दोलखाबाट भिन्न भिन्न समयमा आएका थिए ।
योसँगै जिल्लामा संक्रमितको संख्या २४ पुगेको छ ।

तीमध्ये संक्रमित एक महिलाको भने मृत्यु भइसकेको छ । उनी कोरोनाबाट ज्यान गुमाउने मुलुककै पहिलो थिइन् । मृत्युपछि धुलिखेल अस्पतालमा गत वैशाख १ गते महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । एक संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

Tags

छुटाउनु भयो कि ?