Madhyabindu News App
समाज

जेटियुसिसिले बुझायो श्रममन्त्रीलाई ज्ञापनपत्र ,सरकारी निर्णय कार्यान्वयन गर्न माग

Madhyabindu Online

(काठमाडौं) – संयुक्त ट्रेड युनियन समन्वय केन्द्र ( जेटियुसिसी) ले श्रमिकको रोजगारी सुरक्षा र सरकारले श्रम तथा श्रमिक सम्बन्धी गरेका निर्णयहरु कार्यान्वयन गर्न माग गरेका छन् । केन्द्रले बिहीवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेका हुन् ।

ट्रेड युनियन कांग्रेसका समेत अध्यक्ष रहेका जेटियुसिसिका अध्यक्ष पुष्कर आचार्यद्घारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ -” नेपाल सरकारले चैत र वैशाख महिनाको पुरा तलब दिनु पर्ने एवं कुनै पनि बाहानामा श्रमिक कटौती गर्न नपाउने भने पनि विभिन्न उद्योग, प्रतिष्ठान , होटेल, रेष्टुरेन्ट , यातायात र सरकारी स्वामित्वमा रहेका प्रतिष्ठानहरुमा समेत श्रमिक र तलब कटौती गरि मानसिक तनाव दिईरहेको छ यो कार्य तत्काल बन्द गरि सरकारले गरेको निर्णयहरु पुर्ण कार्यान्वयन गर्नु पर्छ । ”

यसैगरी कोरोना विरुद्धको लडाईमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी , सुरक्षाकर्मी लगायत कर्मचारीहरुलाई निराश बनाउने अभिव्यक्ती बन्द गर्नु पर्ने, प्रतिष्ठानमा कार्यरत श्रमिक कर्मचारीलाई स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्ड अवलम्बन गर्नु पर्ने, स्थानीय तहमा श्रमिकको पन्जिकरण गरि परिपत्र दिई सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध गराउनु पर्ने, स्थानीय तहमा श्रम डेस्क स्थापना गरि श्रमिकको समस्या समाधान र राहत दिनु पर्ने माग गरेका छन्  विज्ञप्तिमा वैदेशिक रोजगारीमा समस्यामा रहेका नेपालीहरुलाई सम्बधित रोजगारदाताकै खर्चमा स्वदेश उद्दार गर्न पहल गर्नु पर्ने,गन्तव्य सम्म पुग्ने र क्वारेन्टाइनका सम्पुर्ण खर्च सरकारले व्यहोर्नुपर्ने , स्वदेश फर्केकालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा जोड्नु पर्ने,स्थानीय तहमा ट्रेड युनियन सम्मेलित संरचना बनाई विदेशमा सिकेको सिपलाई स्थानीय तहले समन्वय गरि रोजगारी सृजना गर्नु पर्ने उल्लेख छ ।

Tags

छुटाउनु भयो कि ?