Madhyabindu News App
स्वास्थ्य

रतुवामाईमा थपिए 8 संक्रमित, संक्रमितको सङ्ख्या 64 पुग्यो

Madhyabindu Online

(इटहरा) – मोरङको रतुवामाई नगरपालिकामा शनिबार थप 8 जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै रतुवामाईमा संक्रमितको संख्या 64 जना पुगेको छ ।

संक्रमितहरु भारतको विभिन्न शहरबाट रतुवामाई नगरपालिका ले व्यवस्थापन गरेको क्वारेन्टाईनमा बस्दै आएका थिए ।

यस अघि रतुवामाई नगरपालिकामा 56 जना संक्रमित रहेकोमा दुई जना उपचार पछी घर फर्किसकेका छन् । मोरङ जिल्लामै सबैभन्दा बढी संक्रमित हुने पालिका पनि रतुवामाई रहेको छ ।

Tags

छुटाउनु भयो कि ?