Madhyabindu News App
अन्तर्राष्ट्रिय

कोरोना प्रकोप : विश्वभर ४ लाख ७१ हजार बढीको मृत्यु

Madhyabindu Online

(काठमाडौं) – विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ९० लाख नाघेको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार मंगलबार बिहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या ९० लाख ७३ हजार ३ सय ८६ पुगेको छ ।

कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ७१ हजार ५ सय ९१ पुगेको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या २३ लाख १० हजार ७ सय ८६ पुगेको छ ।

मंगलबार बिहानसम्म त्यहाँ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख २० हजार ३ सय ९३ पुगेको छ । अमेरिकामा सबैभन्दा बढी प्रभावित न्यूयोर्क शहरमा मात्रै ३१ हजार हजार १ सय ७६ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

अमेरिका पछि दोस्रो बढी प्रभावित ब्राजिलमा कोरोना संक्रमितको संख्या ११ लाख ६ हजार ४ सय ७० पुगेको विश्वविद्यालयको तथ्यांक छ । त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५१ हजार २ सय ७१ पुगेको छ ।

रसियामा संक्रमितको संख्या ५ लाख ९१ हजार ४ सय ६५ पुगेको छ । भारतमा संक्रमितको संख्या ४ लाख २५ हजार २ सय ८२, बेलायतमा ३ लाख ६ हजार ७६१, पेरुमा २ लाख ५७ हजार ४४७, चिलिमा २ लाख ४६ हजार ९६३, स्पेनमा २ लाख ४६ हजार ५०४ जना पुगेको छ ।

Tags

छुटाउनु भयो कि ?