Madhyabindu News App
खेलकुद

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको फराकिलो जित

Madhyabindu Online

(एजेन्सी) – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले बर्नली विरुद्ध फराकिलो जित निकालेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले वर्नलीलाई ५–० गोल अन्तरले हराएको हो ।

सिटीको मैदानमा भएको खेलमा पहिलो हाफमा सिटीले तीन र दोस्रो हाफमा दुई गोल गऱ्यो । सिटीको जितमा डिएगो फोडिन र रियाद महरेजले दुई/दुई गोल गरे ।

डेभिड सिल्भाले एक गोल गरे । फिल फोडिनले खेलको २२ औं मिनेटमा सिटीलाई अग्रता दिलाए । रियाद महरेजले ४३ औं मिनेटमा सिटीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको ईन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै महरेजले सिटीलाई ३–० को अग्रता दिलाए । डेभिड सिल्भाले खेलको ५१ औं मिनेटमा सिटीका लागि पाँचौ गोल गरे ।

फोडिनले ६३ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५–० को फराकिलो जित दिलाए । सिटी ६३ अंक तालिकाको दोस्रो स्थानमा छ ।

शीर्ष स्थानको लिभरपुलको भने ८३ अंक रहेको छ । सिटीको यो जितपछि शीर्ष स्थानको लिभरपुलले उपाधिका लागि थप खेल पर्खनुपर्ने भएको छ ।

Tags

छुटाउनु भयो कि ?