कला-साहित्य

शैक्षिक क्षेत्रका भण्डारीको आत्मवृत्तान्त ‘दम्पती,सन्तति र सम्पत्ति’ छिट्टै बजारमा

Madhyabindu Online


A A- A+

(काठमाडौं) – देबेन्द्र बहादुर भण्डारी शैक्षिक क्षेत्रमा एउटा स्थापित नाम हो । चक्रवर्ती हबि एजुकेसन एकेडेमी(कलेज अफ ल)का प्रमुख रहेर शिक्षामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका भण्डारीको व्यक्तिगत जीवन भने अध्ययनकर्ताका लागि गज्जबको कहानी त्यो पनि कहालीलाग्दो देखिन्छ । लेखिका बिमला हुमागाई द्वारा लिखित शिक्षासेवी भण्डारीको “दम्पती, सन्तति र सम्पत्ति” नामक बजारमा आउने तयारीमा रहेको पुस्तकमा जीवन र संघर्षका विविध पाटोलाई घोष्ट राइटिङ नेपालका तर्फबाट लेखिका हुमागाइले मिहिन रूपमा उतारेकी छिन् ।

नेपालको ग्रामीण इलाकामा जन्मिएर नेपाल प्रहरीको जागीरे हुँदै जागीरे जीवनमा पनि ठेस पुगेपछि राजिनामा थमाएर शैक्षिक क्षेत्र मार्फत समुन्नत समाज निर्माणमा होमिनु भएका भण्डारीको निजि जीवन भने बगरको ढुङ्गाझैं हजारौं पटक ठक्कर खाएर शिला बनेको बुझ्न कठिन छैन ।

लेखनकला साहित्य र सिर्जनामा रमाउने कानुनकि बिद्यार्थी बिमलाले शिक्षासेवी भण्डारीका निजि जीवन देखी सार्वजनिक जीवनमा रहँदा भोगेका आरोह-अवरोहका बारे पाइला पाइलामा कोट्याएकी छिन् । लेखनकलामा अब्बल मानिएकी बिमला स्वयंका पनि चर्चित पुस्तकहरू बजारमा आउने तयारीमा छन् ।

‘ढुङ्गामुढा’ लगायत दर्जनौं म्युजिक भिडियो मार्फत सार्वजनिक भएकी लेखिका बिमलाले शिक्षासेवी भण्डारीको बजारमा आउनै लागेको पुस्तक ‘दम्पती, सन्तति र सम्पत्ति’ भित्र सुख प्राप्त गर्न दम्पती सन्तति र सम्पत्ति भए पछी अरु केही चाहिन्छ वा चाहिँदैन ? वा यी चिजले मानिसलाई सम्पन्नतामा पुर्‍याउँछ वा बेथितिका बिजारोपण समेत गर्दछ ? के हो सम्पत्ति र सन्तति ? सँगै ब्यबस्थापन भित्रका पाटाहरुमा धारिलो कलम चलाएकी छिन ।

लेखकको धर्म निर्वाह मात्र नभई पाठक समेतका लागि चेतना भर्ने उक्त पुस्तक हाम्रो समाजको चित्र र चरीत्र अध्ययनका लागि कोशेढुङ्गा नै साबित हुने देखिन्छ । सफ्ट कभरको मुल्य रु ५०० र हार्ड कभरको मुल्य रु १००० रहेको उक्त पुस्तकको कपि संग्रहका लागि भने केही दिन कुर्नैपर्ने हुन्छ ।

छुटाउनु भयो कि ?