Madhyabindu News App
अन्तर्राष्ट्रिय

भारतद्वारा दर्जनौँ पाकिस्तानी कूटनीतिक कर्मचारी निष्कासन

Madhyabindu Online

(काठमाडौं) – भारतले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्च आयोग (दूतावास) मा कार्यरत आधा कर्मचारीलाई गुप्तचरी र आतंकवादीहरूसँग सम्पर्कमा रहेको आरोप लगाउँदै देशबाट निष्कासन गर्ने भएको छ ।

भारतको विदेश मन्त्रालयले पाकिस्तानको राजधानी इस्लामावादस्थित भारतीय उच्च आयोगमा पनि सोही संख््यामा कर्मचारी कटौती गर्ने बताएको छ ।

तर, यो विषयमा पाकिस्तानी अधिकारीहरूले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् । भारतले तीन साता अघि दुई पाकिस्तानी कर्मचारीलाई निष्कासन गरेपछि दुई आणविक शक्ति राष्ट्रबीचको सम्बन्ध तनावपूर्ण भएको थियो ।

बीबीसीका अनुसार भारतीय सेनाको आवतजावत सम्बन्धी सूचना हासिल गर्ने प्रयास गरेको आरोप उनीहरूमाथि लगाइएको थियो । भारतीय सञ्चारमाध्यमले इस्लामावादमा रहेका दुई जना भारतीय कर्मचारीलाई गरिएको भनिएको दुव्र्यवहारका कारण पछिल्लो कदम चालिएको हुन सक्ने जनाएका छन् ।

अघिल्लो हप्ता भारतीय सरकारले आफ्ना दुई कर्मचारीलाई पाकिस्तानले अपहरण गरेको आरोप लगाएको थियो । तर पाकिस्तानले सवारी चलाउँदा पैदलयात्रीलाई ठक्कर दिएकाले प्रहरीले उनीहरूलाई पक्राउ गरेको बताएको थियो ।

Tags

छुटाउनु भयो कि ?