Madhyabindu News App
स्थानीय तह

पाँचपोखरी थाङ्गपाल गाउँपालिकाको बजेट ६३ करोड ८८ लाख

कांग्रेस र राप्रपाद्वारा गाउँ सभा बहिष्कार

Madhyabindu Online

(सिन्धुपाल्चोक) – पाँचपोखरी थाङ्गपाल गाउँपालिका सिन्धुपाल्चोकको आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ ।

छैटौ गाउँसभामा शिक्षामा १ करोड २७ लाख ८६ हजार कृ षि तथा पशु( मा १ करोड ४९ लाख २८ हजार, गरि बिभिन्न्न बिसयमा ६३ करोड ८८ लाख ८५ हजार ९८७ रुपैयाको बजेट प्रस्तुत गरिको छ ।

सो गाउँपालिकाले जेष्ठ नागरिकको अनुभव युवा पुस्ताको गौरव ,पर्यटकीय गन्तव्यको प्रवर्धन ,उज्यालो पाँचपोखरी अभियान संचालन , गाउपालिकाको केन्द्र देखि सबै वडामा सबै मौसममा यातायात हुन सक्ने ब्यबस्था मिलाइने जस्ता महत्वपूर्ण कार्यक्रम संचालन गर्ने प्रमुख टासी लामाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

त्यस्तै पशुपालनको आहार स्याहार आय आर्जनको आधार कार्यक्रम संचालन गर्ने २० देखि ४० बर्ष सम्मका युबा तथा वैदेशिक रोजगारीबाट फर्केर आएका ब्यक्तिहरुले ब्यबसाय गर्न चाहने हरुलाइ लाग्ने करको सत प्रतिसत छुट , आगामी ३ बर्ष भित्र गुम्बा, मठ मन्दिर र सामुदायिक भबन निर्माण गरि तत्पश्चात त्यस्ता छेत्रमा लगानी न गर्ने र प्रत्येक वडामा एक पार्क ,एक पिकनिक स्पट र खेलकुद मैदान बनाइने जस्ता योजना लाइ सो गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ।

यसैबीच उक्त गाउँ सभा नेपाली कांग्रेस र राप्रपाले बहिष्कार गरेको जनाएको छ । राप्रपाका पुर्व क्षेत्रीय अध्यक्ष एवं त्यस गाउँ पालिकाका अध्यक्षका प्रत्यासी उदय सापकोटाका अनुसार कांग्रेस र राप्रपाले जितेको ४ र ६ नम्बर वडाबाट लगिएको योजना बहुमतको आडमा काँटछाँट गरेर अध्यक्ष उपाध्यक्षले आफुखुशी बजेट बिनियोजन गरेपछि गाउँ सभा बहिष्कार गर्नुपर्ने स्थिति सिर्जना भएको हो ।

नेपाली कांग्रेस बाट वडा नं ६ मा निर्वाचित एक मात्र वडा अध्यक्ष मान बहादुर तामाङ भन्छन् ” हामी अल्पमतमा भएकै कारण हाम्रो कुरा सुनुवाइ भएन ।” हामीले हाम्रो व्यक्तिगत माग थिएन तर वडाबाट निर्णय गरेर लगिएका योजनाहरुमा विभेद गरिएको कारण गाउँ सभा बहिष्कार गर्न बाध्य भएका हौं ।”

Tags

छुटाउनु भयो कि ?