Madhyabindu News App
विचार-ब्लग

बाँजो जमिनमा टिमुर खेती उपयोगी

Madhyabindu Online

राम प्रसाद गौतम
हाम्रो पहाडका अधिकांश जमिन विविध कारणाले बाँझो बसेको कुरामा सबैको एक मत छ । तर, त्यो जमीनबाट कसरी आम्दानी लिने भने पिरलो पनि उत्तिकै छ । उता बाँदर लगायत जंगली जनावरले लगाएको बाली सखाप पारको परेको छ । यो अवस्थामा हामीले हाम्रो खेर गएको बाँजो जग्गामा टिम्मुर खेती गर्न सकीन्छ । यसका बारेमा मैले मेरो दुई दशकको अनुभवका कुरालाई यहाँ समेटेको छु । अब म टिमुर खेती र यसको उपयोगका बारेमा संक्षिप्त जानकारी गराउँदछु ।

नेपालमा ११००–२५०० मिटरको उचाईमा टिमुर उत्पादन गर्न सकिन्छ । यसको बोट काँडा युक्त हुन्छ र एक पटक लगाएपछि थुप्रै वर्ष सम्म फल दिने गर्छ टिमुर २ देखि ६ मिटर सम्म अग्लो हुने पतझड, कांडेदार, सुगन्धित, झाडी वर्गको वनस्पतिको बोट हो । यसको काण्डमा र पातका फेदमा थेप्चा कांडाहरु हुन्छन्। जसको पात पलाउने हरेक आंख्लावाट फूलको छुट्टै हांगा निस्किएको हुन्छ ।अरू बन्सपतीमा जस्तै भाले र पोथी फूल फरक–फरक विरुवामा हुन्छ। फूलमा पत्रदल हुदैन। फूलहरु हरिया र केही पहेला स–साना आकारका हुन्छन् । फल सानो गोलो ९४ देखि ५ मिलिमिटर व्यास भएको हुन्छ ।

टिमुर पाक्दा रातो रंङको हुन्छ । यसको फल भित्र एउटा मात्र वीउ लाग्दछ । नेपालको पाहाडी जिल्लामा टिमुरको खेती हुने गर्छ । यसको गेडा अर्थात फल पाक्ने समय भन्दा केही अघि नै बोटबाट टिपिन्छ । गेडाहरूलाई राम्रोसँग घाममा सुकाएर ओवानो गोदाममा भण्डारण गरिन्छ। यस टिमुरलाई मसला र औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । नेपाली बजारमा प्रती केजि ४५० देखी ५०० रुपैयाँसम्म किनबेच हुन्छ विश्व वजारमा यसको अत्याधिक माग भएकाले यसबाट मनग्य आर्थीक लाभ लिन सकिन्छ ।

उपयोगी भाग :
यसको फल जसलाई टिमुर भनिन्छ र बोक्रा प्रयोग हुन्छ ।
प्राकृतिक वासस्थान स् प्राकृतिक अवस्थामा ११००–२५०० मिटरसम्मको उचाइमा मध्य र पश्चिम नेपालमा पाइन्छ नेपाल लगायतका देशमा पनी पाइन्छ ।

* खेती
टिमुरको व्यावसायिक खेती शुरु नभए तापनि हाल आएर केही ठाउँहरूमा यसलाई व्यावसायिक रूपमा लगाउन थालिएको छ । टिमुरको प्रसारण दुई किसिमले गर्न सकिन्छ ।
१। बीउबाट
२। कटिङबाट

(१)  बीउबाट :

टिमुरको लागि बीउबाट प्रसारण गर्नुभन्दा कटिङबाट प्रसारण गर्नु राम्रो हुन्छ । बीउको उमार क्षमता ज्यादै कम ९१०–१५ प्रतिशत० हुन्छ । भने यसलाइ उमारन सारै कठीपनी छ । यसको वीउ पाकेका फललाई लठ्ठीले हानेर वा हातले टिपेर घाममा सुकाई भण्डारण गर्नु पर्दछ वीउ लाइ मापडन्द अनुसार नराख्यमा उमार्न अझ कठीन हून्छ राम्रो सँग बीउ भाण्डारण गर्न सकेमा बीउलाई फागुन–चैत्र तिर, खनजोत गरी तयारी पारिएको नर्सरी व्याडमा छरेर बिरुवा उमारिन्छ ।

नर्सरी विधि :
नर्सरीका लागि उपयुक्त ठाउँ छनौट गरी जग्गा तयार गरिन्छ । ब्याडहरू पूर्व पश्चिम लम्बाइ भएको वनाउन सकेमा छहारीको प्रयोग बढी प्रभावकारी हुन्छ ।चालेको माटो २ भाग चालेको बालुवा १ भाग र चालेको मल १ भागको मिश्रणा बनाउनी र ब्याडको उचाइ सामान्यतया १५ से।मि।र चौडाइ १ मिटर र लम्बाइ जति पनि राख्न सकिन्छ । त्यसैले बीउ रोप्नुअघि बीउलाई तातो पानीमा २४ घण्टा सम्म डुबाई राखेर रोप्दा राम्रो हुन्छ । अथावा वीउ लाइ ४ दिन पानीमा भिजाएर बीउको चिलो जाने गरी धोएर राखेमा अली धेरै उमरीन्छ बीउ रोप्दा १० से.मिको फरकमा लाइन मिलाएर रोप्नु पर्दछ ।

बीउलाई ब्याडमा रोपिसके पछि धूलो माटोले हलुका सँग छोपिदिनु पर्दछ । त्यसपछि व्याडलाई छ्वाली वा परालको पातलो गरी छोपिदिनु पर्दछ । व्याडमा बेर्ना उम्रिन थालेपछि छ्वाली वा पराललाई हटाई दिनु पर्दछ र अर्को ६० से।मी। जति अग्लो छाप्रोको छहारी दिनु पर्दछ । प्लास्टिकको ३ ×७ को नर्सरी थैलाहरूमा पनि बिरुवा उमार्नसकिन्छ । वीउ ब्यडमा प्लास्टिकको गुमुज बनाएर तापक्रम कायम गर्ने र माटोको चिसियान चै मन चीसो हुने गरी कायम गर्ने सबै मिलाउन सकेको अवस्थामा ३० दिन बाट बीउ उम्रीन सुरू गर्ने छ यो सबै एकै पटक उमरी दैन र सामान्यतया एक वर्ष भएको बिरुवा रोप्नको लागि राम्रो मानिन्छ तर पनि बिरुवा १५ से।मि जति अग्लो र सिसा कलमको जत्रो फेद भएपछि तयारी जग्गामा रोप्न सकिन्छ। रोपनु पुर्व जमीनमा १०×१० फिटको अन्तरमा खाडल खनी खाडलको ब्यवस्थापन गर्नु राम्रो हुन्छ ।

(२) कटिङबाट :

सामान्यत ७ देखी १० बर्षको राम्रो फल दिने बोठको ६० प्रतिशत पात खसेपछी सिसाकला साइजको ५ अखा भएको कटिङग माघ–फागुनतिर कटिङ राखिन्छ । कटिङ राख्नको लागि राम्रो मानिन्छ । छिप्पिएको डाँठलाई १५ से।मि। लामो काटी नर्सरीमा तयार पारिएको प्लास्टिकको थैलोमा वा ब्याडमा रोपिन्छ । कटिङ रुटेस हर्मोन को झोल ९२–३ प्रतिशत० मा चोपेर रोप्दा राम्रोसँग सर्दछ । यसरी तयार पारिएको बिरुवा ३–४ महिनामा रोप्नको लागि तयार हुन्छ ।

*बिरुवा रोपण समय :
बिरुवा रोप्ने कार्य मनसुन शुरु भएपछि अर्थात् असार साउन–भदौमा गर्नु पर्दछ । बोट ठूलो हुने भएकोले, करीब ३ मिटरको दूरीमा ठाउँ अनुसार लाइन मिलाएर ३० से।मि। को गहिरो खाल्डो खनी त्यसमा गोबरमल हाली रोपिन्छ ।मोटा मोटी एक रोपनीमा करिब १०० बिरुवा लगाउन सकिन्छ । रोपिएको बिरुवाको वरिपरि पानी जम्न दिनु हुँदैन । बिरुवा रोपिसकेपछि वर्षको दुई–तीनपटक गोडमेल गरी गाईवस्तुको मल बिरुवाको वरिपरि राख्नु पर्दछ । बिरुवा रोपेको तीन वर्षपछि टिमुर फल्न शुरु गर्दछ । बीउबाट रोपेकोभन्दा कटिङबाट रोपेको बिरुवामा चाँडो फल लाग्दछ ।

* हावापानी र माटो :
यो प्राकृतिक रूपमा महाभारत पर्वत शृङ्खलाको खुला पाखामा पाइन्छ । यसको खेतीको लागि हिउँदमा ठण्डा र गर्मीमा न्योनो हुने उपोष्ण र शीतोष्ण हावापानी भएको क्षेत्र उत्तम हुन्छ । अन्य बालीको लागि उपयुक्त नहुने भीर पाखा तथा बलौटे एवं पत्थरिलो माटोमा यसलाई लगाउन सकिन्छ । माटोको अम्लियपन पि।एच ६।५–७।० सम्म भएको बलौटे माटो सबैभन्दा उपयुक्त हुन्छ ।
 संकलन :
यसको फल पाकेर रातो भएपछि र परिपक्व भएपछि झर्नु अगावै असोज–कार्तिक महिनाको मध्यतिर संकलन गरिन्छ ।
 बजार तथा उत्पादन :
यसको बजार राम्रो छ । नेपाली बजारमा प्रती केजि ४५० देखी ५०० रुपैयाँसम्मका दरले यसको किनबेच हुन्छ । एउटा परिपक्व बोटमा सरदर २–४ केजी टिमुर फल्दछ । एक जनाले एक दिनमा सामान्यतया ४ केजी टिमुर टिप्न सक्दछ । एक रोपनीमा १०० केजी सम्म टिमुर फल्दछ यसका लागी अवसेक पने सबै खाले वातावरणाको व्यवस्था गर्नु प्रद छ ।

औषधीय गुण :
 टिमुरको प्रयोगले दाँत दुख्ने समस्यामा राहत मिल्छ । आयुर्वेदिकका अनुसार टिमुरले वायुशमन गर्ने, दाँत दुखेको निको पार्ने, उर्जा प्रदान गर्ने, जरो, अजिर्ण, हैजाआदी समस्यालाई निको पार्ने काम गर्छ ।
 आँखाको दृष्टि कम भएका मानिसले नियमित रुपमा टिमुरको प्रयोग गर्दा लाभदायक हुन्छ ।
 न्युन रक्तचाप भएका व्याक्तिलाई पनि टिमुरले निकै फाइदा पुर्यालउने गर्छ ।
 गाउँ घरमा अझै पनि हात खुट्टा मर्किएमा टाउको दुखेमा र पिनास भएको बेला टिमुरको तेलले लगाउदा निको गराइन्छ भने चलन छ ।
 टिमुलको फलको बोक्राबाट तेल तयार पारिन्छ ।
 यसको तेल सुगन्धित हुन्छ ।
 टिमुरमा फस्पोरसको मात्रा पनि हुने भएकाले हाडको लागि पनि निकै उपयोगी छ ।
 कम भोक लाग्ने समस्या छ भने पनि टिमुरको प्रयोगले भोक लाग्छ ।
 टिमुरले क्यान्सरको सम्भावनालाई पनि कम गर्दछ ।
 पेटमा लाग्ने बिभिन्न किरा तथा जुगाहरुलाई मार्नको काम गर्द छ ।

यसकारण उपयोगी :
 नेपालमा विशेष गरि टिमुरलाई प्रमुख मसला र अचारको रुपमा प्रयोग गरिन्छ । टिमुरलाई दानाकै रुपमा वा धुलो वनाएर प्रयोग गरिन्छ ।
 यसलाई थुप्रै परिकारमा प्रयोग गर्न सकिन्छ ।
 टिमुरको फललाई प्रशोधन गरि दन्तमञ्जन, सावुन, अत्तरको रुपमा रुपमा पनि प्रयोग गरिदै गरिन्छ ।
 टिमुर श्रृंगार समाग्री निर्माणमा पनि प्रयोग गने गर्छ ।
 सुगन्धको लागि प्रशोधन गरि टिमुरको प्रयोग गरिन्छ ।
 टिमुरको बीउबरूवा पाउनका लागी एग्रोफरेष्टी नर्सरी सिन्धुपाल्चोक इन्द्रावती १० बडहरे थुम्कामा सम्पर्क गर्न सकीन्छ । बीउका लागी न्याफ्रस्कोल कृषिवन प्रा।लीले बिगद लामो समयदेखी यस क्षेत्रमा काम गरीएको छ। टिमुरको वारेमा थप जानकारी पनि लिन सकीन्छ । अबशयक जानकारी लिएर आफ्ने बाँजो बसेको जमिनको सदु प्रयोग गर्दै टिमुरको उपयोग गरी अर्थीक उपाजन गर्ने, यो अबसरलाइ हामी सबैले सहदुप्रयोग गर्नुपर्छ । यसका लागी अवशयक सहयोग गर्नका लागी म तयार छु ।

(लेखक राम प्रसाद गौतम न्याफ्कोल कृषि वन प्रालिका व्यवस्थापकिय निर्देशक हुन् । )

Tags

छुटाउनु भयो कि ?