Madhyabindu News App
खेलकुद

लिसीविरुद्ध युभेन्ट्सको फराकिलो जित

Madhyabindu Online

(एजेन्सी) – सिरि ए फुटबलमा युभेन्ट्सले लिसीबिरुद्ध फराकिलो जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा युभेन्ट्सले लिसीलाई ४–० गोल अन्तरले हराएको हो ।

युभेन्ट्सको जितमा पाउलो ड्याबाला, क्रिस्टियानो रोनाल्डो, गोन्जालो हिग्विन र म्याथिज डी लिटले गोल गरे । ५३ औं मिनेटमा ड्याबालाको गोलमा घरेलु टोली युभेन्ट्सले सूरुवाती अग्रता लिएको थियो ।

रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । हिग्विनले ८३ औं मिनेटमा अर्को गोल थप्दै युभेन्ट्सलाई ३–० को अग्रता दिलाए । त्यसको दुई मिनेटमा डी लिटले हेडमार्फत चौंथो गोल गर्दै युभेन्ट्सको जित सुनिश्चित गरे ।

जितसँगै युभेन्ट्सले तालिकामा ७ अंकको अग्रता लिएको छ । ६९ अंक जोडेको शीर्ष स्थानको युभेन्ट्सले दोस्रो स्थानको लाजियोसँग ७ अंकको अग्रता बनाएको हो । लिसी २५ अंक सहित रेलिगेशन जोनमा छ ।

Tags

छुटाउनु भयो कि ?