Madhyabindu News App
स्वास्थ्य

भक्तपुरको सुर्यबिनायकमा ३४ जनाले गरे रक्तदान

Madhyabindu Online

(भक्तपुर) – कोरोना भाइरस(कोभिड-१९)को कारण संवेदनशील बन्दै गएको स्वास्थ क्षेत्रमा रगत अभाव भएपछि भक्तपुरमा रक्तदान कार्यक्रम गरिएको छ । सुनकोसी इन्द्रावती समाज सिन्धुपाल्चोक र डिएक्सएन दासेन इन्टरप्राइजेज भक्तपुरले शनिबार भक्तपुरको सुर्यबिनायकमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

सिन्धुपाल्चोकमा विगत लामो समयदेखि समाजसेवा विशेषगरी स्वास्थ क्षेत्रमा नागरिकको सुखदुःखमा साथ दिँदै आएको सुनकोसी इन्द्रावती समाज तथा आयुर्वेदिक औषधिको क्षेत्रमा सक्रिय संस्था डिएक्सएन दासेन इन्टर्प्राइजेजको आयोजनामा सिन्धुपाल्चोक बाट उपत्यका आएर बसोबास गर्ने ३४ जनाले रक्तदान गरेको सुनकोसी इन्द्रावती समाजका अध्यक्ष भुपेन्द्र थापाले जानकारी दिए ।

अध्यक्ष थापाका अनुसार नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको अनुरोधमा गरिएको उक्त रक्तदान कार्यक्रममा ७ महिला सहित ३४ जनाले रक्तदान गरेका थिए । नेपाली कांग्रेस सिन्धुपाल्चोकका पुर्व सभापति समेत भएका थापाले राजनीतिका अलावा समाजसेवामा आफ्नो बेग्लै पहिचान बनएका छन् ।

अर्को आयोजक संस्था डिएक्सएन दासेन इन्टरप्राइजेजका अध्यक्ष देवराज श्रेष्ठका अनुसार कोरोना महामारीका कारण स्वास्थ क्षेत्रमा रगत अभाव हुँदै गएकोले यो कार्यक्रम गरिएको हो । उनले आयोजक संस्थालाई बिश्वास गरेर प्रतिकुल परिस्थितिमा पनि रक्तदानमा सहभागी हुने सबैलाई धन्यवाद दिए ।

Tags

छुटाउनु भयो कि ?