Madhyabindu News App
अन्तर्राष्ट्रिय

चिनियाँ कम्युनिस्ट पार्टीका पदाधिकारीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

Madhyabindu Online

(काठमाडौं) – अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीलाई अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाइएको घोषणा गरेका छन् ।

ती चिनियाँ अधिकारीहरू हङ्कङको स्वतन्त्रतालाई संकुचित पार्ने योजनामा सहभागी भएको अमेरिकाको निष्कर्ष छ । पोम्पेओका अनुसार अमेरिकी प्रतिबन्ध सीपीसीका वर्तमान र पूर्व अधिकारीहरू प्रति लक्षित छ ।

उनको यो निर्णय हङ्कङको स्वायत्तताविरुद्ध ल्याउन लागिएको सुरक्षा कानूनका लागि बेइजिङलाई दण्डित गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको वाचा अनुरूप गरिएको हो ।

चीनले भने अमेरिकी निर्णय त्रुटिपूर्ण भएको भन्दै फिर्ता हुनुपर्ने प्रतिक्रिया दिएको छ । चिनियाँ संसद्को बैठकको पूर्वसन्ध्यामा अमेरिकाले चिनियाँ नेताहरूलाई अमेरिका प्रवेश गर्न नदिने घोषणा गरेको हो ।

बीबीसीका अनुसार आइतबारदेखि आरम्भ हुने नेश्नल पीपल्स कंग्रेसको स्थायी समितिले हङ्कङका लागि बनाइएको कानूनबारे छलफल गर्नेछ ।

चीनले प्रस्तावित गरेको कानुनमा हङ्कङमा चीनको अधिकारविरुद्ध हुने गतिविधिहरू अपराध ठहरिने तथा बेइजिङले त्यहाँ आफ्ना सुरक्षा निकायहरू स्थापित गर्न सक्ने प्रावधानहरू छन् ।

उक्त प्रस्तावित कानुनका कारण हङ्कङमा चीनविरोधी प्रदर्शनको नयाँ लहर चलेको छ।अमेरिकाले प्रवेशाज्ञामा लगाएको प्रतिबन्धबाट प्रभावित हुने चिनियाँ अधिकारीहरूको नाम पोम्पेओले उल्लेख गरेका छैनन् ।

Tags

छुटाउनु भयो कि ?