Madhyabindu News App
नयाँ समाचार

सुदूरपश्चिम प्रदेश सभाको बैठक तेस्रो पटक पनि स्थगित

Madhyabindu Online

(धनगढी) – सुदूरपश्चिम प्रदेश सभाको बैठक लगातार तेस्रो पटक पनि स्थगित भएको छ। आईतवार दिउँसो ३ बजेका लागि बोलाईएको सुदूरपश्चिम प्रदेश सभाको बैठक पनि स्थगित भएका हो।

प्रदेश सभा सचिवालयले सूचना टाँस गर्दै बैठक स्थगित भएको जानकारी दिएको छ। मंगलबार दिउँसो ३ बजे सम्मका लागि बैठक स्थगित गरिएको प्रदेश सभाका सचिव राम धामीले सभामुखको आदेश अनुसार जानकारी दिए।

तर बैठक स्थगित गर्नुको कारणबारे सूचनामा उल्लेख गरिएको छैन। सभामुख अर्जुनबहादुर थापाले भने प्रतिपक्षी र सरकारबीच कुरा नमिलेका कारण बैठक स्थगित गरिएको बताए।

प्रतिपक्षी दलले यसअघि दुई दिन बैठक अवरुद्ध गरेका कारण फेरि कुरा नमिलेका अवरुद्ध गर्ने भएकोले सुचना टाँस गरेर वैठक स्थगित गरेको उनले बताए। असार १ गते प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमाथि छलफल गर्न १० असारमा पहिलो बैठक बोलाईएको थियो।

तर प्रतिपक्षी दलले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै अवरोध सिर्जना गरेपछि सभामुखले बैठक स्थगित गरेका थिए।

असार १२ गतेका लागि बोलाईएको बैठकमा समेत प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाले अवरोध जनाएपछि आईतवारका लागि बैठक बोलाईएको थियो।

Tags

छुटाउनु भयो कि ?