Madhyabindu News App
खेलकुद

रियल म्याड्रिड दुई अंकको अग्रता

Madhyabindu Online

(एजेन्सी) – स्पेनिस ला लिगामा रियल मड्रिडले इस्पानोयललाई पराजित गर्दै दुई अंकको अग्रता लिएको छ । आइतबार राति भएको खेलमा रियलले स्प्यानियोललाई १–० गोलले हराएको हो ।

यो जितसँगै लिग तालिकामा रियलले बार्सिलोनामाथि शीर्ष स्थानमा दुई अंकको स्पष्ट अग्रता खोल्यो । तर पहिलो हाफका अन्तिममा रियालले खेलमा अग्रता बनायो ।

करिम बेन्जिमाले डिबक्समा दिएको पासलाई क्यासेमेरोले सहजै गोल गर्न सफल भए । सोही खेल रियललाई स्पष्ट दुई अंकको अग्रता दिलाउन पर्याप्त रह्यो ।

पहिलो हाफमा एक शून्यको अग्रता बनाएको रियालले दोस्रो हाफमा पनि धेरै अवसर पाएका थियो । तर उसले थप गोल गर्न सकेन । स्प्यानियोलले गोलका थुप्रै अवसर सिर्जना गरेपनि रियल मड्रिडका गोलकिपर थिवाउट कोर्टुवा त्ससलाई असफल बनाएका थिए ।

जितसँगै रियालले ला लिगामा बार्सिलोनासँगको दूरी दुई अंकमा पुर्याएको छ । ३२ खेलमा रियालको ७१ अंक भएको छ भने बार्सिलोनाको ६९ अंक छ । इस्पानोयल भने २४ अंकका साथ रेलिगेसनको संघारमा रहेको छ ।

Tags

छुटाउनु भयो कि ?