Madhyabindu News App
समाज

भक्तपुरमा एक व्यक्तिको हत्या

Madhyabindu Online

(भक्तपुर) – सोमबार बिहान भक्तपुरमा एक जना व्यक्तिको हत्या भएको छ ।

हत्या आरोपमा सिन्धुलीका तीनपाटन गाउँपालिका घर भई हाल भक्तपुर नगरपालिका–४ गहिटी बस्दै आएका ३० वर्षीय ईन्द्रबहादुर तामाङलाई पक्राउ गरेको छ ।

गहिटीस्थित सार्वजनिक पाटीमा अन्दाजी ४५ वर्षीया कृष्ण तामाङको हत्या गरिएको फेला परेका थिए ।

उनको टाउको, निधार र चिउडोमा चोट लागेको थियो ।

उनीहरूबीच आपसी विवाद हुँदा ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

Tags

छुटाउनु भयो कि ?