Madhyabindu News App
आर्थिक

एडीबीले नेपाललाई २२ अर्ब रूपैयाँ सहुलियतपूर्ण ऋण दिने

Madhyabindu Online

(काठमाडौं) – एशियाली विकास बैंक (एडीबी) ले नेपाललाई सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ ।

एडीबीले नेपालको विद्युत आपूर्ति र वितरण प्रणालीमा सुधार गर्नका लागि २२ अर्ब रूपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको हो ।

नेपालस्थित एडीबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत आपूर्ति क्षमता विस्तार, गुणस्तर र विश्वसनीयता सुधार, उत्पादन र भारप्रेषण केन्द्रको सुदृढीकरणका लागि सो रकम स्वीकृत भएको हो ।

नेपालले पछिल्ला केही वर्षमा विद्युत आपूर्तिको क्षेत्रमा ठूलो परिवर्तन गरेको भएपनि प्रसारण र वितरण प्रणाली बलियो बनाउन आवश्यक रहेको भन्दै एडीबीले यो ऋण स्वीकृत गरेको हो ।

काठमाडौँ, चितवन, पोखराका साथै प्रदेशमा २ मा विद्युत आपूर्ति र वितरणलाई प्रभावकारी बनाउने काममा खर्च गरिने छ ।

यो कार्यक्रम दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहायता (सासेक) अन्तर्गत जोडिएको छ ।

Tags

छुटाउनु भयो कि ?