Madhyabindu News App
राजनीति

सुदुरपश्चिममा प्रतिपक्षी दलद्वारा कोरोनाको लागि खर्च भएको ९३ करोडको हिसाबकिताब माग

Madhyabindu Online

(धनगढी) – सोमबार धनगढीमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र राजपाले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना ग¥यो । एउटै कार्यक्रममा सँगै बसेका दुई दलका सांसदहरूको विषय त मिल्यो तर, मत बाझियो ।

काँग्रेस र राजपाका प्रत्यक्ष निर्वाचित सांसदहरूले सरकारको कडा आलोचना गरे । तर, समानुपातिक सांसदहरूले भने आफूहरू सधैँ विभेदमा पर्ने गरेको गुनासो पोखे । काँग्रेस संसदीय दलका नेता डा। रणबहादुर रावलले प्रदेश सरकारले कोरोना नियन्त्रण गर्न नसकेको, पिसिआर परीक्षण बिनै घर पठाएको भन्दै आक्रोश व्यक्त गरे ।
प्रदेश सरकारले कोरोना नियन्त्रणको लागि खर्च गरेको ९३ करोड रुपैयाँको विवरण समेत माग गरेको समेत बताए ।

प्रदेश सरकारले कोरोना नियन्त्रण गर्न सकेन उनले भने सरकारकै कारण सङ्क्रमण समुदायमा फैलने खतरा बड्यो । काँग्रेस संसदीय दलका नेता रावलले कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको बताइरहँदा राजपा संसदीय दलका नेता कृष्ण चौधरीले आफूहरूले सरकारसँग मागेको योजना समावेश नगरेको गुनासो गरे ।

‘हामीले सरकारलाई ६ करोडका योजना दिएका थियौँ । ती योजना रातो किताबमा आएनन्’ उनले भने ‘सरकारले हामीलाई हेप्यो ।’
राजपा सांसद चौधरीले आन्तरिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले फोन गरेरै योजना मागेको बताए ।
भौतिक पूर्वाधार मन्त्रालयलाई ३ करोड, सामाजिक विकास मन्त्रालयमा १करोड , उद्योग, पर्यटन वन तथा वातावरण र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई ८०÷८० लाखको योजना दिएको उनले बताए । ‘तर, ती योजना समावेश गरेन’ उनले भने ‘हाम्रो योजना नआउदा सम्म सदन चल्दैन ।’

३ पटक सम्म प्रदेश सभाको बैठक स्थगित भइरहेको छ । सरकारले कोरोना नियन्त्रणमा गरेको खर्च सार्वजनिक नगरेको भन्दै प्रदेश सभा बैठक स्थगित गरिए पनि प्रतिपक्षी दलका योजनाहरू नपरेपछि सरकारलाई दबाब दिन संसद् अवरोध गरिएको बताइएको छ ।
गत वर्ष प्रदेश सरकारको बजेट उपयुक्त नभएको, प्रदेश गौरवका आयोजना छुटेको भन्दै २७ दिन सम्म प्रदेश सभाको बैठकमा प्रतिपक्ष दलले अवरोध गरेको थियो । रातो किताब लगाएरै विरोधमा उत्रिएको प्रतिपक्षी दलले सरकारसँग भद्र सहमति गरेपछि सदन सुरु भयो ।

Tags

छुटाउनु भयो कि ?