Madhyabindu News App
आर्थिक

पहिलो दिनमै दोहोरो अंकले ओरालो लाग्यो नेप्से

Madhyabindu Online

(काठमाडौं) – लकडाउनका कारण लामो समयपछि सोमबारबाट धितोपत्र बजार पहिलो दिनमै ओरालो लागेको छ । बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लागेर बन्द भएको छ ।

कारोबार शुरु भएको पहिलो घण्टामा नै नकारात्मक सर्किट लागेको नेप्से अन्तिम समय सम्ममा १२ दशमलव ८७ अंक घटेर १ हजार १ हजार ८८ दशमलव ७० बिन्दुमा पुगेर बन्द भएको छ ।

यस दिन बजार खुलेदेखि तीब्र गतिमा ओरालो लागेको नेप्से, कारोबारको ४० मिनेटमा ४ प्रतिशत घटेर नकारात्मक सर्किट ब्रेक लागेर २० मिनेटको लागि कारोबार स्थगित भएको थियो । त्यसपछि खुलेको बजारमा नेप्से १ हजार २ सय बिन्दुसम्म पुगेको थियो ।

सोमबार दिन ७ कम्पनीहरुको शेयर सर्किट ब्रेक लागेको छ । नागरिक लगानी कोष, हिमालयन डिष्टिलरी र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक तथा सर्वसाधारण शेयरको मूल्य यस दिन १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हो ।

दिन १ सय ४७ कम्पनीका ६ हजार ८ सय ६९ पटकको कारोबारमा ४८ करोड ५३ लाख रुपैयाँ बराबरको १४ लाख ४४ हजार कित्ता शेयर खरिदबिक्री भए ।

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकीको घटेको छ । यस दिन व्यापार, उत्पादन तथा प्रशोधन, अन्य र जीवन बीमा उपसमूहका परिसूचकहरु बढेका हुन् ।

Tags

छुटाउनु भयो कि ?