Madhyabindu News App
मनोरञ्जन

बिमला हुमागाईको ‘ढुङ्गामुढा’ सार्वजनिक

Madhyabindu Online

(काठमाडौं) – पुस्तक लेखनमा आफ्नो छवि निर्माण गरेकी लेखिका बिमला हुमागाईको दक्षता गीत तथा भजन लेखनमापनि उत्तिकै छ । सिर्जनामा रमाउने गितकार हुमागाईको पछिल्लो गित हो ‘ढुङ्गामुढा’। त्यसो त राजेश पायल राईको गायन रहेको ‘पहिलो महशुस’, मनोज राईको गायन रहेको ‘जुवा’ मेलिना राईको गायन रहेको ‘पायौ या गुमायौ’ र ‘जिवन जिउने वहाना’, प्रताप दासको गायन रहेको ‘ढुङ्गामुढा’ र रामकृष्ण ढकालको गायन रहेको ‘मेरो सानु तिमि हुँदा’ आदी सबै गितका सचना गरेर अब्बल रचनाकारका रुपमा हुमागाई स्थापित भएकी छिन् ।

वाल गायक बिदुर शर्माको ‘आमा सँगै’ भजन लेखनमा पनि रचनाकार हरमागाईले शशक्त कलम चलाएकी छिन । ‘उनै कृष्ण मेरो मुटु’ र ‘मन छ मलाई वृन्दावन जान’ जस्ता हुमागाई द्वारा रचित भजनमा भने सुमधुर स्वर रमचन्द्र अन्जानको छ । बोध नलेज ईन्टरटेन्मेन्ट च्यानलमा सुन्न र हेर्न सकिने कर्णप्रिय गित तथा भजनको आनन्द लिनका लागी भने एकपटक सुन्नै पर्ने हुन्छ ।

Tags

छुटाउनु भयो कि ?