Madhyabindu News App
मुख्य खबर​

प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले दिए संसद दिवसको शुभकामना

Madhyabindu Online

(काठमाडौं) – प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संसद दिवसको शुभकामना दिएका छन् । मंगलबार शुभकामना जारी गर्दै राज्य पुनर्संरचना र संघीय शासन प्रणालीको कार्यान्वयन गर्न तीनै तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाइ जगदेखि नै मजबुत बनाउन सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको बताएका छन् ।

२०१५ सालमा भएको पहिलो निर्वाचनपछि २०१६ साल असार १६ गते जनविनर्वाचित संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा यो दिवस मनाइँदै आएको छ ।विगतका वर्षहरुमा विविध कार्यक्रम गरी दिवस मनाइँदै आएको भए पनि कोरोना भाइरसको महामारीका कारण यस वर्ष औपचारिक कार्यक्रम नगरिने जनाइएको छ ।

विज्ञप्तिमा जनतका प्रतिनिधिमार्फत शासन संचालन गरिने सर्वोत्तम शासन व्यवस्थाको रुपमा संसदीय शासन प्रणालीलाई लिइने उल्लेख छ । साथै, संसदीय अभ्यासलाई निरन्तर सुधार गरी यसका मुल्य र मान्यतालाई संस्थागत गर्दै व्यवहारमा उतार्न हरदम प्रयत्न गर्नुपर्ने संघीय संसदका सभामुख र अध्यक्षले संयुक्त रुपमा जारी गरेको विज्ञप्ति उल्लेख गरिएको छ ।

 

 

Tags

छुटाउनु भयो कि ?