Madhyabindu News App
मुख्य खबर​

गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

Madhyabindu Online

(गुल्मी) –  भारतबाट आएर क्वारेन्टिनमा बसेका गुल्मीका थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीस्थित प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मंगलबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा जिल्लाको गुल्मीदरवार गाउँपालिकामा २१, रुरुक्षेत्र गाउँपालिकामा ८, र छत्रकोट गाउँपालिकामा ८ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।

संक्रमित सबै भारतबाट आएर स्थानीय तहको क्वारेन्टिनमा बसेकाहरु हुन् ।

योसँगै जिललामा कोरोना संक्रमितको संख्या ३ सय २४ पुगेको छ । ४२ जना कोरोना संक्रमण मुक्त भएर घर फर्केका छन् ।

जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।

Tags

छुटाउनु भयो कि ?