Madhyabindu News App
मुख्य खबर​

गण्डकीमा मंगलबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि

Madhyabindu Online

(पोखरा) – गण्डकी प्रदेशमा मंगलबार थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पोखराको प्रदेश क्षयरोग केन्द्र, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा विभिन्न जिल्लाका गरी १७ जना संक्रमित थपिएको हो ।

मंगलबार थपिएका संक्रमित मध्ये कास्कीका ८ जना, तनहुँका ५ जना, लमजुङका ३ जना र स्याङ्जाका १ जना रहेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कास्कीमा थपिने सबै पोखरा महानगरपालिकाका हुन् । संक्रमितलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोदबिन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशका कोरोना सङक्रमित ९ सय ६६ मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन् । हिजो गण्डकी प्रदेशमा ५३ जना संक्रमित थपिएका थिए । गण्डकी प्रदेशमा २ जना संक्रमितको ज्यान गएको छ ।

Tags

छुटाउनु भयो कि ?