Madhyabindu News App
मुख्य खबर​

सुदूरपश्चिम प्रदेशमा थप ९४ जनामा कोरोना संक्रमण

Madhyabindu Online

(कैलाली) – सुदूरपश्चिम प्रदेशमा थप ९४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा प्रदेशका विभिन्न जिल्लाका गरी थप ९४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा ६७ र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

संक्रमति मध्ये कैलालीका ४० पुरुष र ९ महिला, बाजुराका १२ पुरुष र १३ महिला, डोटीका २ पुरुष र १३ महिला रहेका छन् ।

त्यसैगरि बैतडीका २ पुरुष र १ महिला र डडेल्धुरा २ महिला रहेको निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ७२ पुगेको छ ।

Tags

छुटाउनु भयो कि ?